Saturday, March 6, 2021
Home > समाचार > ‘म झण्डा हल्लाएर हिड्न मन्त्री भएको होइन, मैले गरेका बाचा टिपेर राख्नुस् सबै पुरा गर्छु’ गोकर्ण विष्ट

‘म झण्डा हल्लाएर हिड्न मन्त्री भएको होइन, मैले गरेका बाचा टिपेर राख्नुस् सबै पुरा गर्छु’ गोकर्ण विष्ट

काठमाडौं, ६ वैशाख । श्रम रोजगार तथा सामाजिक विकास मन्त्री गोकर्ण बिष्टले आफु गाडीमा झण्डा पहराउन मात्रै मन्त्री नभएको बताएका छन् ।मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला गुल्मी पुगेका मन्त्री बिष्टले देशमा रोजगारी सृजना गर्दै स्वदेश र बिदेशका श्रमिकको संरक्षण र सुरक्षाका लागि केहि दिनमै आफुहरुले गरेका प्रयासहरु बाहिर आउने बताएका छन् । ‘अहिले पनि दिनभर काम गर्ने

श्रमिकको पारिश्रमीकले बिहान बेलुका छाक टर्दैन,’उनले भने,‘उनीहरुको संरक्षण, सुरक्षा र उचित श्रमको नयाँ मुल्य निर्धारण गर्दैछौ ।’उनले जति पटक मन्त्री भए पनि काम नगर्ने हो भने गाउंको विकास हुन नसक्ने बताएका छन् । उनले आफुले निर्वाचनमा गरेका बाचा टिपेर राख्न र जनतालाई त्यस बमोजिम काम गरे नगरेको अनुगमन समेत गर्न आग्रह गरे । मन्त्री विष्टले निर्वाचनका बेलामा गरेको बाचा सबै पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘मैले चार, पाँच पटक प्रधानमन्त्री भएको क्षेत्रमा भन्दा धेरै विकास गरेको छु, नपत्याए अनुगमन समिति बनाएर हेरियोस्,’उनले भने, ‘अझैपनि चुनावका बाचा टिपेर राख्नुस,एक, एक गरेर पुरा गर्नेछु ।’

गुल्मी क्षेत्र नं २ का सांसद समेत रहेका बिष्टले अहिलेको सरकारले सामाजिक न्याय सहितको समृद्धिका लागि भएको बताए । उनले अब कुनै नागरिकले खान नपाएर भोकै बस्नु नपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *