Tuesday, January 18, 2022
Home > अन्तराष्ट्रिय > भर्खरै आयो दुःखद खबरः विद्यालयको बस दुर्घटना हुँदा बसमा यात्रारत ३५ विद्यार्थीकाे यस्तो हालत

भर्खरै आयो दुःखद खबरः विद्यालयको बस दुर्घटना हुँदा बसमा यात्रारत ३५ विद्यार्थीकाे यस्तो हालत

काङ्ग्रा, हिमाञ्चल प्रदेश,- भारतको हिमाञ्चाल प्रदेशको काङ्ग्रा जिल्लामा बिहीबार एउटा विद्यालयको बस दुर्घटना हुँदा बसमा यात्रारत ३५ विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । काङ्ग्रा जिल्लाको नाग्रोटा सुरियनस्थित साम्लेटा नजिकै भएको दुर्घटनामा कसैको मृत्यु भने नभएको अधिकारीहरूले बताइएका छन् ।

घाइते प्राय विद्यार्थीहरूलाई उपचारका लागि स्थानीय लुन्ज अस्पतालमा पठाइएको छ भने दुई गम्भीर घाइतेलाई थप उपचारका लागि काङ्ग्राको तान्डा मेडिकल कलेजमा पठाइएको छ । स्थानीय प्रशासनले दुर्घटनाबारे अनसन्धान सुरु गरेको जनाएको छ । बस सडकबाट चिप्लिएर केही मिटर तल खोल्सामा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!