Friday, May 14, 2021
Home > समाचार > राजधानीबाट बुटवल हिडेकाे कार यस्तो खतरनाक दुर्घटना, उद्दारका लागि गएका प्रहरी नै यस्तो

राजधानीबाट बुटवल हिडेकाे कार यस्तो खतरनाक दुर्घटना, उद्दारका लागि गएका प्रहरी नै यस्तो

भिरबाट खसेको कारका चालकलाई उद्धार गर्न गएको प्रहरी नै धादिङ – दुर्घटनामा परेको कारका चालकको आज उद्धारका लागि गएको प्रहरी नै घाइते भएका छन् । काठमाडाँैबाट बुटवलतर्फ जाँदै गरेको बा १४ च ९८०० नं को ट्याक्सी बेनीघाट रोराङ गाउँपालिका–५ भैँसेबाट ६० मिटर तल खसेको कारको चालक उद्वार गर्न जाँदा ट्राफिक प्रहरी पोष्ट बेनीघाटमा कार्यरत प्रहरी हबलदार सुरेशबहादुर चन्द गम्भीर घाइते भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

घटनास्थल जाँन लाग्दा घाइते भएका चन्दको टाउकोमा पाँच टाँका लगाइएको छ । दुर्घटनामा कार चालक बारा जिल्ला निजगढ निवासी ३० वर्षीय अमृत भण्डारी घाइते भएकाले गजुरी अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि हेर्नुहाेसः
गलकोट- दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा बागलुङ जिल्ला ताराखोलाका एक उद्यमीले गाउँमै बसेर व्यवसाय सञ्चालन मात्र गर्नुभएन, आफूजस्तै अन्य युवालाई पनि रोजगारी दिन सफल हुनुभएको छ । ताराखोला गाउँपालिका–५ करिमेला निवासी धनबहादुर विश्वकर्माले पाँच वर्षदेखि मतेस खोला नजिकै सञ्चालन गरेकोे ढुङ्गा ९स्लेट० खानीबाट त्यहाँका स्थानीय ३५ जना युवालाई रोजगारी प्रदान गर्नुभएको छ ।

“विसं २०१७ देखि बाबु बाजेले घर छाउने ढुङ्गा निकाल्दै आएको ढुङ्गा खानीलाई विसं २०७० देखि उद्योगका रुपमा विकास गरेको हुँ”, विश्वकर्माले भन्नुभयो, “समयको परिर्वतनसँगै ढुङ्गाको प्रयोग पक्की घरमा बिच्छाउने र छाप्ने कार्यमा प्रयोग भइरहेको छ पहिलाका ढुङ्गा माटाले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले बजारमा निर्माण गरेका पक्की घरमा टास्ने, बिछ्याउने काममा प्रयोग हँुदै आएको विश्कर्माको भनाइ छ ।

विश्वकर्माले हाल ताराखोलामा ‘धौलागिरि एसटिएम ढुङ्गा उद्योग तथा इन्भेष्टमेण्ट कम्पनी’ दर्ता गरेर ढुङ्गा तथा ढुङ्गाबाट उत्पादन भएका टायल, मार्बललगायतका वस्तुको कारोवार गर्दै आउनुभएको छ ।घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको यहाँको स्थानीय ढुङ्गा ९स्लेट० विकल्प बन्दै गएको छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ हुने बताइएको छ ।

ताराखोलामा उत्पादन भएको ढुङ्गा विशेषगरी घरको बाहिर टास्ने र विछ्याउने कार्यमा प्रयोग गर्दै आएका छन् । उद्योगबाट उत्पादन भएको ढुङ्गा सबैभन्दा बढी पोखरा खपत हुने गरेको धनबहादुरले बताउनुभयो । उहाँले पोखरापछि काठमाडौँ, चितवन, बुटवललगायतका ठाउँबाट समेत ढुङ्गाको माग आउने गरेको छ ।

“ढुङ्गाको निकै माग आउने गरेको छ”, विश्वकर्माले भन्नुभयो, “कहिलेकाहीँ मागअनुसार उत्पादन गर्नै सकिँदैन ।” उहाँको आफ्नै पाखो बारीमा ढुङ्गाको खानी रहेको छ ।उहाँको आधिकारिकरुपमा दर्ता भएको ताराखोलामा एक मात्र ढुङ्गा उद्योग हो । विश्वकर्माले ढुङ्गाको एक वर्गफिटको रु चार तथा निकासी कर गाउँपालिकालाई तिर्दै आउनुभएको छ भने नेपाल सरकारलाई भ्याट तथा खानी तथा भूगर्भ विभागलाई वर्षको रु एक लाख ५० हजार रकम तिर्दै आएको बताउनुहुन्छ ।

सबै खर्च कटाएर कूल आम्दानीको १२ प्रतिशत नाफा हुने विश्वकर्माको भनाइ छ । विश्वकर्माले उद्योगमा स्काभेटर, ढुङ्गा निकाल्ने मेशिन तथा विद्युतीय सामग्रीको सहायताले ढुङ्गा निकाल्दै आउनुभएको छ । ताराखोलाका स्थानीय खानी तथा उद्योगलाई केन्द्रीय विद्युत् आवश्यक भए पनि स्थानीय उत्पादित विद्युत् र जेनेरेटरको भरमा उद्योग सञ्चालन गर्नुपर्ने विश्वकर्माको गुनासो छ ।

ससाना ढुङ्गा उद्योग धेरै भए पनि प्रदेश सरकारको कार्यविधि नबन्दा दर्ता प्रक्रियामा लान नसकेको ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । गाउँपालिकाभित्र प्रशस्त घरेलु तथा साना उद्योग भएको हुँदा गाउँपालिकाले धेरै कर सङ्कलन गर्नसक्ने सम्भावना रहेको घर्तीले बताउनुभयो ।

Leave a Reply