Friday, May 14, 2021
Home > समाचार > लिटिल बुद्ध भनिएका बम्जनका लागि आयो यस्तो दुःखद खबर

लिटिल बुद्ध भनिएका बम्जनका लागि आयो यस्तो दुःखद खबर

काठमाडौं, १२ पुस । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु वेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत रहेका छन् । विजय रुम्बाले दिदी पूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।

बाराको जंगलमा निराहार तपस्या गरेको भनि चर्चामा आएका बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न फूलमाया ०६८ सालदेखि गएको परिवारले जनाएकोछ । उनीसँगै अरु दुई आनी पनि वेपत्ता भएको कान्तिपुरमा उल्लेख छ ।

यो पनि हेर्नुहाेसः
काठमाडौँ – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।

छुटेपछि रावले प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरको भनेर बयान दिएको उनले बताए ।

‘पैतालामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने, ’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।

Leave a Reply