Monday, May 10, 2021
Home > मनोरञ्जन > अरवपतिका यी ६ सन्तान, तिनीहरूमाथि छ सबैको नजर, हेर्नुस् हट सुन्दरीहरूलाइ

अरवपतिका यी ६ सन्तान, तिनीहरूमाथि छ सबैको नजर, हेर्नुस् हट सुन्दरीहरूलाइ

मुम्बइ। भारतमा निम्न मध्यम बर्गको जनसंख्या अत्याधिक भए पनि यहाँ अरबपतिहरुको कमी छैन । यहाँका अरबपतिहरु जति चर्चामा छन् उत्तिकै चर्चामा यहाँ ती अर्बपतिका सन्तान रहन्छन् । हालै भारतका सबैभन्दा धनी मुकेश अम्बानीकी छोरी इशा अम्बानीको बिहे भयो । भारतमा यस्ता अरबपति बाउका सन्तानकाहरू अब यस्तै अरबपतिका सफल र सुन्दर छोरीहरुको बिहेका विषयमा चासो बढेको छ । आउनुहोस् ६ अरबपतिका सफल छोरीहरुबारे जानौं ।

१. अनन्या बिडलाः अनन्या बिडला कुमार मंगलम र निरजा बिडलाकी २३ वर्षकी छोरी हुन् । अनन्या एक व्यवसायिक प्रशासकका साथै एक गायिका पनि हुन् । उनको माइक्रोफाइनान्स फर्म स्वतन्त्र प्रा.लि. पनि छ । यसको कारोबार २ राज्यमा फैलिएको छ ।

२. नव्या नवेली नन्दाः नव्या नवेली अमिताभ बच्चनकी नातिनी हुनुका साथै एस्कर्ट ग्रुपका मालिक निखिल नन्दा र श्वेता नन्दाकी छोरी हुन् । उनी २१ वर्षकी छिन् । नव्या आफ्नो स्टाइलका कारण सामाजिक संजालमा चर्चित छिन् ।

३. यशश्विनी जिन्दलः यशश्विनी जिन्दल १९ वर्षकी छिन् । जिन्दल स्टिल एण्ड पावरका मालिक नविन जिन्दल र शालु जिन्दलकी छोरी यशश्विनी एक डान्सर पनि हुन् ।

४. रोशनी कपुरः रोशनी भारतको चौथो ठूलो बैंक यस बैंकका मालिक राणा कपुरकी छोरी हुन् । रोशनी अहिले पढ्दैछिन् ।

५. मानसी किर्लोस्करः मानसी उद्योगपति बिक्रम र गीतान्जली किर्लोस्करकी छोरी हुन् । बिक्रम किर्लोस्कर सिस्टमका मालिक हुन् । मासीलाई घुम्ने सोख छ र यही कारण उनी चर्चामा रहन्छिन् ।

६. जयन्ती चौहानः जयन्ती बिसलेरी इन्टरनेशनलकी निर्देशक हुन् । उनी उद्योगपति रमेश चौहानकी एक्ली छोरी हुन् । ३३ वर्षकी जयन्तीले पिताको बिसलेरी ब्राण्डको व्यवसाय सम्हालिरहेकी छिन् ।

Leave a Reply