Monday, May 10, 2021
Home > अन्तराष्ट्रिय > भारतबाट आयो नेपालीहरूका लागि यस्तो दुःखकाे खबर

भारतबाट आयो नेपालीहरूका लागि यस्तो दुःखकाे खबर

काठमाडौं। भारतको कश्मिरमा खटिएका दुई नेपाली गोर्खा सैनिनकको युद्धका क्रममा मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा ९ का दुई सुवेदार ४२ वर्षका गमर बहादुर थापा र ३९ वर्षका रमन थापाको मृत्यु भएको भारतीय दैनिक अमर उजालाले आफ्नो अनलाइनमा लेखेको छ । पाकिस्तानी सेनाको स्नाइपर आक्रमणमा घाइते भएका उनीहरुलाई सुरुवाती प्राथमिक उपचारपछि श्रीनगरको ९२ बेस अस्पताल लगिएकोमा अस्पतालमा मृत्यु भएकाे उल्लेख छ ।

भारतीय सेनाका प्रवक्तालाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार सुवेदार गमरबहादुर थापा १९९३ मा भारतीय सेनामा भर्ती भएका थिए । उनको परिवारमा पत्नी र २ छोरा छन् । सुवेदार रमन थापा १९९६ मा भारतीय सेनामा भर्ती भएका थिए । उनको परिवारमा पत्नी र १ छोरा छन् । दुवै नेपालीको शवलाई गोरखपुर पठाइएको बताइएको छ जहाँ राष्ट्रिय सम्मानका साथ यी दुईको अन्तिम संस्कार गरिनेछ । सेनाका प्रवक्ताले परिवारलाई हरसम्भव सहयोग गर्ने बताएको समाचारमा उल्लेख छ ।

Leave a Reply