Thursday, December 9, 2021
Home > समाचार > कुन देशको प्रहरीले हत्या भएको लासलाई धोइ पखाली गर्छ ? डा. भट्टराई -भिडियो सहित

कुन देशको प्रहरीले हत्या भएको लासलाई धोइ पखाली गर्छ ? डा. भट्टराई -भिडियो सहित

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँचमहिना भईसकेको छ । सरकारले अहिलेसम्म बलात्कारी र हत्यारालाई पक्राउ गर्न सकेको छैन ।

पछिल्ला गतिविधिहरुलाई हेर्दा प्रहरीले नक्कली अभियुक्त खडा गर्ने र घटनालाई मथ्तर पार्ने कोशिसले झनै आलोचित र थप शंका उत्पन्न गरेको छ । गृह मन्त्रालयले दुई अधिकृतलाई बर्खास्त गरे पनि उनीहरुबाट सत्यतथ्य बाहिर ल्याउन सकेको छैन ।

त्यसै सन्दर्भमा आज प्रतिनिधि सभामा बोल्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्मला पन्तको शब किन धोई पखाली गरेको ? कुन देशको प्रहरीले हत्या गरिएको लासलाई पखाल्छ ? खै तिनीहरुलाई कारवाही ? सरकार बिरुद्ध आफ्ना दर्जन बढी असन्तुष्टि राखे ।

भिडियो यहाँ:

Leave a Reply

error: Please Dont Copy My Content!! !!