Tuesday, May 18, 2021
Home > समाचार > OMG क्षति आमा हुन् यिनी! बिष सेवन गराएर कान्छो छोराको मृत्यु, जेठो र आमा अस्पतालमा!

OMG क्षति आमा हुन् यिनी! बिष सेवन गराएर कान्छो छोराको मृत्यु, जेठो र आमा अस्पतालमा!

धनुषा । धनुषामा एक आमाले आफ्ना दुई छोरालाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेकी छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाईस्थित खजुरी टोल बस्ने रवीन्द्र यादवकी श्रीमती २४ वर्षीया रीनादेवी यादवले सामान्य घरायसी विवादको कारण आफ्नै दुई छोरासहित आफूले पनि विष सेवन गरी आत्महत्याको प्रयास गरेकी हुन्।

प्रहरीकाअनुसार विष सेवनबाट कान्छो छोरा तीन वर्षीय रितेशको मृत्यु भएको छ। विष सेवनबाट गम्भीर भएकी आमा रीनाको जनकपुरधामस्थित जानकी हेल्थ केयरको आइसियुमा भर्ना गरिको छ भने जेठो छोरा रितिकलाई जनकपुरधाम अञ्चल अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ।

यता कान्छो छोरा रितेशको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। स्थानीयका अनुसार सोमबार राति घरमा सासुसँग सामान्य विवादपछि मंगलबार बिहान रिनाले दुई छोरालाई लिएर घरबाट निस्केकी थिइन्। घरपरिवार र स्थानीयले खोजबिन गरिरहेको बेला रिना दुई छोरासहित विष सेवन गरेको अवस्थामा मंगलबार दिउँसो करिब ३ बजे जनकपुरको कवर्डहल नजिक फेला परेकी थिइन्।

तीनै जनालाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा कान्छो छोरा रितेशको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। यता आमा रिनालाई अझै पनि होस् खुल्न नसकेको तथा छोरा रितिकको स्वास्थ्य अवस्थामा सुधार आएको चिकित्सकले बताएको छ।

Leave a Reply