Friday, June 18, 2021
Home > समाचार > कालीकोटबाट आयो यस्तो सबैको मन रुवाउनेे खबर, गाउँ नै जलेर भावविह्वल बनाउने यि तस्विरहरु हेर्नुहोस्

कालीकोटबाट आयो यस्तो सबैको मन रुवाउनेे खबर, गाउँ नै जलेर भावविह्वल बनाउने यि तस्विरहरु हेर्नुहोस्

कालिकोट–कालीकोटको पलाता गाउँपालिका– १ खाडा गाउँमा आगलागी हुँदा ८८ घर पूर्णरुपमा जलेर नष्ट भएका छन् भने ७ घरमा क्षति पुगेको छ । १ सय ६९ घर रहेको न्यौपानेबस्तीमा सोमबार बिहान आगो लागेको हो । स्थानीय नबिन न्यौपानेको घरबाट बिहान करिब २ बजे आगो लागेको आगो लागेको बताइएको छ । आगो भान्साबाट लागेको अनुमान गरिएको छ । आगो निभाउने क्रममा १३ जना घाइते भएका पलाता गाउँपालिकाका प्रवक्ता मानबहादुर भण्डारीले बताए ।

उनका अनुसार वडा नम्बर एकको स्वास्थ्य इकाइबाट इन्चार्ज प्रजन भण्डारीको नेतृत्वमा आएको स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको छ । शिविर संचालन गरेर घाइतेको उपचार भइरहेको छ । आगलागीमा परि १८ चौपाया मरेका छन् । दुई बाख्रा, २ भैंसी र १४ गाईगोरु मरेका हुन् ।पानीको अभावका कारण आगो निभाउन समस्या भएको छ । आगो निभाउन वडा नम्बर १ र वडा नम्बर २ मा वितरण गरिएको पानी ल्याइएको थियो । खरले छाएका र जोडिएका घर भएकाले ठूलो क्षति भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।

सो बस्ती न्यौपानेको उद्गमस्थल पनि हो । आगलागी भएको स्थान जिल्ला सदरमुकाम मान्माबाट ३२ कोष र गाउँपालिकाको केन्द्रबाट चार घण्टाको दूरीमा पर्दछ । घटना स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले क्षतिको लगत संकलन भइरहेको छ !

Leave a Reply

error: Please Dont Copy My Content!! !!