Monday, May 10, 2021
Home > समाचार > बिहानै दाङबाट अायो यस्तो दुःखद खबरः १०बर्षिय बालककाे जलाएरै मारेपछि…

बिहानै दाङबाट अायो यस्तो दुःखद खबरः १०बर्षिय बालककाे जलाएरै मारेपछि…

दाङमा आगलागी हुँदा एकजना दश बर्षीय बालकको मृत्यु भएको छ । पश्चिम दाङको बबई गाउँपालिका वडा नं. ७ गौजामा शनिवार साँझ ८ बजेतिर आगो लाग्दा दश बर्षीय बालक राजु घर्तीको जलेर मृत्यु भएको छ ।जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले फुसको छानोयुक्त गोठमा आगोलागी भएपछि एक्लै माथिल्लो तल्लामा सुतेका बालकलाई बचाउन नसकिएको जानकारी दिए । मृतक बालक घर्ती आफ्नी आमासंगै घरदेखि एक घन्टा पैदल हिड्नु पर्ने दुरीमा रहेको गोठमा सुत्न गएका थिए ।‘बाबु काम विशेषले गाउँमा गएका रहेछन्, आमा सानो छोरा संग

तल्लो भागमा सुतको हुँदा आगोलागी हुँदा साथ छोरा बोकेर भाग्न सफल भइन, तर माथिल्लो तल्लामा सुतेका राजु रहेका ठाउँमा परालपनि भएको हुँदा उनलाई बचाउन सकिनन्’ एसपी पाण्डेले सेतोपाटीलाई भने ।अगेनामा आगो बालेर रातभर राख्ने चलन अझैं गाउँघरमा छ । घर्तीको परिवारले पनि गोठ भएपनि अगेनाको आगोबाट आगो सल्किएको प्रहरीले जानकारी दिएको छ ।

‘त्यहाँ बाँके राष्ट्रिय निकुञ्जबाट जंगली जनावर बँदेल आएर बालिनाली नष्ट पार्ने हुँदा त्यसको रक्षाको लागि अगेनामा आगो बालेर राखेको भन्ने खुल्न आएको छ,’ एसपी पाण्डेले भने । घटना शनिवारको भएपनि विकट भूगोलको भएको हुँदा आइतवार अवेर साँझ मात्रै त्यसवारे सूचना प्राप्त भएको छ । यसैबीच बबई गाउपालिकाले वडा नं. ७ गौजामा पुगेर पीडित परिवारका अभिभावकलाई आइतवार बेलुका नगद १० हजार र आबस्यक सामग्री राहात स्वरुप प्रदान गरेको छ ।

Leave a Reply