Friday, May 14, 2021
Home > समाचार > अन्ततः यसरी घुँडा टेकाएरै छाडे नेपालीले भारतलार्इ, आयो यस्तो खुसिको खबर। पूरा हेरि शेयर गरौ

अन्ततः यसरी घुँडा टेकाएरै छाडे नेपालीले भारतलार्इ, आयो यस्तो खुसिको खबर। पूरा हेरि शेयर गरौ

विराटनगर । नेपाल भारतको सीमा क्षेत्र त्यो पनि दशगजामा नै भारतले बनाउन लागेको बाटो भत्काउन शुरु गरिएको छ ।

मोरङको जहदा गाँउपालिका वडा नं. १ कालाबन्जरको दशगजा क्षेत्रमा भारतले बनाउँदै गरेको सडक भत्काएर पुनः पुरानै अवस्थामा फर्काउने सहमति भारतीय एसएसबी र सशस्त्र प्रहरी बल एपीएफ बीच भएपछि बाटो भत्काउन थालिएको हो । मंगलबार बिहान देखि जेसिबी लगाएर सडक भत्काउन थालिएको छ । दुई दिन भित्रमा दशगजा क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने सहमति भएको सशस्त्र प्रहरी बल सुरक्षा बेस बुधनगरका सशस्त्र प्रहरी निरीक्षक भुप बहादुर खड्काले जानकारी दिनुभयो ।

एक साता अघि देखि दशगजा मिचेर भारतीय पक्षले सडक बनाउन थालेपछि स्थानीयले विरोध गर्दै काम रोक्न लगाएका थिए । मुख्यमंत्री गलीनाली योजना अन्तर्गत बिहारका विधायक मंचन केशरीको विधायक फण्डबाट करिब ४ लाख १५ हजार भारुमा दशगजामा नै पिसिसि बाटो निर्माण भईरहेको थियो । करिब ४ फिट अग्लो र करिब २ सय मिटर बाटो निर्माण भइसकेको थियो ।

सीमाक्षेत्रको सुरक्षा गर्ने जिम्मेवारी स्थानीय जनताको समेत भएकाले सिमा क्षेत्रमा हुने गलत गतिविधि रोक्नका लागि सूचना दिन मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

Leave a Reply