Wednesday, May 12, 2021
Home > समाज > बसमा पकेट मार्ने भारतबाट आए यस्ता टीनएजर सुन्दर युवतीहरू…

बसमा पकेट मार्ने भारतबाट आए यस्ता टीनएजर सुन्दर युवतीहरू…

चितवन । बसमा यात्रारत यात्रुहरुलाई पाकेट मार्दै गरेको अवस्थामा चितवनमा दुई युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको कलकत्ता स्थित पुनापुर घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं। ११ लक्षुमनुवा चोक बस्ने बर्ष १९ की पुजा देव र वर्ष १७ की प्रिती देव रहेका छन्।

बसमा यात्रारत कालिका नगरपालिका वडा नं। १० सिद्धिकी अस्मिता चेपाङको नगद २५ हजार ७० रुपैया र मोबाइल सेट चोर्ने क्रममा सादा पोशाकमा रहेका प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पाकेट मार्ने क्रममा बीरगञ्जबाट बसमा चढी आएका पुजा देव र प्रिती देवलाई रत्ननगर १ शान्तिचोकमा पक्राउ गरिएको थियो।सवारी साधनमा हुन सक्ने चोरीका क्रियाकलापहरु नियन्त्रणका क्रममा राजमार्ग क्षेत्रमा सादा पोशाकका प्रहरीहरु बसमा खटाइएको छ ।

प्रतिनिधी मुलक तस्विर

Leave a Reply