Tuesday, May 18, 2021
Home > समाचार > राजधानीमा सार्वजनिक सवारीमा चढ्ने यात्रुहरूका लागि आयो यस्तो खबर…

राजधानीमा सार्वजनिक सवारीमा चढ्ने यात्रुहरूका लागि आयो यस्तो खबर…

काठमाडौं– काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौंको टुँडेखल वरिपरि भएर चल्ने सार्वजनिक सवारी साधनका लागि ‘पिक एण्ड ड्रप’ (ओराल्ने÷चढाउने) सम्बन्धमा नयाँ नियम लागू गरेको छ ।

अब टुडिखेल घुमेर चल्ने सार्वजनिक सवारीका साधनले तोकिएको ठाउँमा बाहेक अन्य ठाउँमा राकेर यात्रु चढाउने तथा ओराल्ने काम गरेमा कारबाही हुने छ ।

काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरी महाशाखाले यात्रु चढाउने र ओराल्नेका लागि निश्चित ठाउँ तोकेको छ । जस्तै, टुँडिखेलदेखि सिंहदरबार हुँदै वानेश्वरतर्फ जाने सवारी साधनले राष्ट्रिय सभागृह अगाडिको स्टपमा मात्रै यात्रु आरोल्ने र चढाउन पाउनेछन् । यो रुटमा चल्ने सवारी साधनका लागि माइतीघरदेखि बबरमहलसम्मको बीच भागमो दोस्रो स्टप तोकिएको छ ।

टुँडिखेलदेखि सिंहदरबार हुँदै ललितपुरतर्फ जाने सवारीका साधनहरुले सभागृ अगाडिको भृकुटीमण्डप स्पटमा यात्रु यात्रु आरोल्ने र चढाउन पाउनेछन् । यो रुटमा चल्ने सवारी साधनका लागि थापाथलीस्थित नेपाल खाद्य संस्थानको अगाडि दोस्रो स्टप तोकिएको छ ।

अन्य रुटका सवारीसाधनका स्टपका लागि तलको सूचना हेनुहोस्:

Leave a Reply