Friday, May 14, 2021
Home > भिडियो > अन्ततः निर्मलाकाे हत्यारालार्इ समात्न अार्इजिपी खनालले चाले यस्तो कदम (भिडियो सहित)

अन्ततः निर्मलाकाे हत्यारालार्इ समात्न अार्इजिपी खनालले चाले यस्तो कदम (भिडियो सहित)

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेकाहरु छुटीरहेको समयमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर सहयोग मागेका छन् । प्रहरी मुख्यालयले प्रवक्तामार्फत सूचना प्रवाह गर्ने गरेकाले सञ्चारकर्मीसँग दूरी बढेको जनाउँदै महानिरीक्षक खनालले आफ्ना कार्यकालमा भएका गतिविधिको फेहरिस्त प्रस्तुत गर्ने क्रममा सोमबार पत्रकारमाथि खुलेरै खनिए ।

पावर पोइन्ट प्रेजेन्टेसनसहित भएको करिब ४५ मिनेटको प्रस्तुतिका क्रममा महानिरिक्षक खनालले आईजीपी भएपछि दोस्रोपटक सोमबार केन्द्रीय प्रहरी कार्यालय, नक्सालमा पत्रकार सम्मेलन गरेर निर्मला हत्याकाण्डबारे अहिलेसम्मको अनुसन्धान र रणनीति तथा आफ्नो कार्यकालको समग्र प्रगतीका बारेमा बताउन भ्याए ।

थप भिडियोबाट

Leave a Reply