Friday, May 14, 2021
Home > समाचार > दाङबाट आयो सातो जाने खबर – पुरा हेर्नुहोस

दाङबाट आयो सातो जाने खबर – पुरा हेर्नुहोस

दाङ । दाङको घोराहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित घोराही हस्पिटल नजिकै बसले ठक्कर दिँदा स्कुटर चालक घोराही उपमहानगरपालिका १८ फुर्सेखालीका २९ वर्षीय मेघराज पुनमगरको मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित घोराही हस्पिटल नजिकै लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई सोमबार ठक्कर दिँदा पुनमगरको मृत्यु भएको हो । स्कुटरको पछाडि बसेका फुर्सेखालीकै २४ वर्षीय महेश बुढामगर घाइते भएका छन् । घाइते बुढाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।बसले स्कुटरलाई ठक्कर दिएर पुुनमगरको मृत्यु भएपछि पीडित र स्थानीयहरुले बस चालकको लापर्वाहीले दुर्घटना भएको भन्दै बस तोडफोडसहित शव समेत उठाउन दिएका थिएनन् ।

प्रहरीले एक दर्जन अश्रुग्यास प्रहार गरेर भीडलाई तितरवितर पारेको छ । शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ भने बसलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । ठक्कर दिने बसका चालकलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

Leave a Reply