Thursday, April 15, 2021
Home > समाचार > भर्खरै आयो यस्तो खबर :सिण्डिकेटको अन्त्य, यातायात समितिको सम्पत्ति राष्ट्रियकरण

भर्खरै आयो यस्तो खबर :सिण्डिकेटको अन्त्य, यातायात समितिको सम्पत्ति राष्ट्रियकरण

काठमाडौं, ६ वैशाख । सरकार बलियो उदाहरण सिण्डिकेट माथिको सरकारको हस्तक्षेपले देखाएको छ । लामो समय देखि सिण्डिकेट लगाउंदै यात्रुलाई समस्यामा पार्दे आएका यातायात ब्यवसायीको दादागिरी अन्त्य हुने भएको छ । सरकारले यातायात व्यवसायी समितिहरुको नवीकरण नगर्ने निर्णय गरेपछि उनीहरुले धमाधम बंैकवाट रकम झिक्न थालेका छन् । ठूलो परिणाममा बैंकवाट

रकम झिक्न थालिएको हो । देशभर झण्डै ४ सयभन्दा बढी यस्ता समितिहरु सक्रिय छन् ।मंगलबार मन्त्रिपरिषद बैठकले यातायात समितिहरू नवीकरण नगर्ने निर्णय गरेकाले अब नवीकरण नहुने त्यस्ता समितिहरु स्वतः विघटनमा जानेछन् । समिति विघटन भएसंगै उनीहरुले भोगचलन गर्दै आएको सम्पत्ती समेत स्वत सरकार मातहत आउने भएको छ ।

यातायात व्यवसायी समितिहरुसँग अहिले अर्बौंको बैंक ब्यालेन्स र चलरअचल सम्पत्ति छ । यातायात समितिहरु संस्था दर्ता ऐन २०३४ अन्तरगत जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता छन् । तर अब सरकारले त्यस्ता समितिहरु नविकरण नगर्ने भएको छ ।

यस्तो अवस्थामा अब सोही ऐन अनुसार विघटित समितिको सम्पत्ति राष्ट्रियकरण हुने कानुनबिदहरुको भनाई छ । संघसंस्था दर्ता ऐनको दफा १४ को उपदफा १ मा भनिएको छ ‘संस्थाको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणवश संस्था विघटन भएमा त्यस्तो संस्थाको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्नेछ ।’ सोही नियम अनुसार समितिको सबै चल अचल सम्पत्ती समेत समिति बिघटनसंगै सरकारको हुनेछ ।

समितिहरु खारेज भइसकेपछि यातायात व्यवसायी समितिहरुका नाममा रहेको सम्पत्ति सरकारले लिने डरले अहिले यातायात समितिहरुले आफ्नो बैंक खाताबाट धमाधम रकम झिकिरहेका छन् । अब समितिका पदाधिकारीले सरकारको आँखा छल्नका लागि संस्थाको सम्पति हिनामिना गरेमा उनीहरु कारवाहीमा पर्ने निश्चित छ ।

ऐन अनुसार अहिले नवीकरणको म्याद सकिएका र नसकिएका समितिहरुले सरकारमा सर्ने हिसाब(किताब गोलमटोल गरेमा समितिका पदाधिकारीमाथि सम्पत्ति शुद्धीकरण वा भ्रष्टाचारको मुद्दा लाग्न सक्ने देखिएको छ ।

Leave a Reply