Monday, May 10, 2021
Home > भिडियो > सोनिका रोकायाले अभिनय गरेको भिडियो सार्वजनिक, पिट्ने भयो फेरी बजार (भिडियोसहित)

सोनिका रोकायाले अभिनय गरेको भिडियो सार्वजनिक, पिट्ने भयो फेरी बजार (भिडियोसहित)

काठमाडौँ , गायक तथा संगितकार शिव थापा मगरको नया म्युजिक भिडियो “सुन ओई” सार्बजनिक भएको छ। एक दशक लामोसमय देखि सांगेतिक क्षेत्रमा लागेका मगरले लोक जोडिएका पप, आधुनिक, रक, पूर्वेली अनि भाषाभाषीका लगाएत ५ दर्जन भन्दा बढी गीतहरू बजारमा ल्याइसकेका छन्।

यसै सिलसिलामा २०१२ मा पप बिधाबाट सम्मानित भई म्युजिक खबर म्युजिक अवार्ड पाउन सफल हुनु भयको थियोे । यसरीनै सबैको माया ममता र सल्लाह सुझावको साथमा सांगेतिक क्षेत्रमा अगाडी बड्ने क्रममा उनिले फेरि पनि आफ्नै स्वर, शब्द र संगितमा रहेको “सुन ओइ” बोलको गित सोनिका रोकाया र राज कृष्ण निकेशको अभिनयमा म्युजिक भिडियो सार्बजनिक गरेका हुन ।

उक्त गीतमा स्वर,शब्द तथा संगीत स्वयम गायक थापा मगर कै रहेको छ । सोनिका रोकायाको मुख्य अभिनय रहेको गीतमा राज कृष्ण,निकेश, लगाएत अन्यले साथ दिएका छन। काजिश श्रेष्ठको कोरियोग्राफर रहेको म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका छन ।

नेत्र किरातिको निर्देशनमा रहेको उक्त म्युजिक भिडियोलाई म्युजिक हाइलाइट च्यानल बाट युट्युवमा सार्वजनिक गरिएको छ ।

Leave a Reply