Tuesday, May 18, 2021
Home > समाचार > दौरा सुरुवाल लगाएर मधेसी युवाले गरे बिहे, भन्छन:नेपाली संस्कार पनि मेरै हो, मैथिली संस्कार पनि मेरै हो

दौरा सुरुवाल लगाएर मधेसी युवाले गरे बिहे, भन्छन:नेपाली संस्कार पनि मेरै हो, मैथिली संस्कार पनि मेरै हो

काठमाडौँ- विभिन्न भाषा,भेषभुषा र संस्कृतिको धनी देश हो नेपाल।हामी सबैले एक-अर्काको भाषा,संस्कृती र भेषभुषालाई सम्मान गर्नु जरुरी छ।

सिरहा स्थायी घर भएका कान्तिपुर टेलिभिजनमा कार्यरत नेपाल पत्रकार महासंघ काठमाडौँका सदस्य समेत रहेका युवा विनय कुमार महतोले आफ्नो बिहेमा ढाका-टोपी र दौरा सुरुवालमा चिटिक्क सजिएर पर्वतकी मञ्जु तिवारीसँग केहि साताअघि बिबाह बन्धनमा बाधिएका हुन्।

बिहेमा लगाएको पोशाकप्रति आलोचना र नकारात्मक टिप्पणी भएपछि विनयले फेसबुकमा एक स्टाटस लेख्दै यसो भने-

‘प्रसंग हो, मैले बिबाहमा लागाएको दौरा, सुरूवाल र टोपीको । जसले गर्दा कतिपय नातामा पर्ने दाजु भाइ र इष्टमित्रलाइ दौरा, सुरूवाल र टोपीले घोचेको छ । स्मरण रहोस्, म हरेक संस्कार र संस्कृतिलाइ सम्मान गर्छु । चाहे त्यो संस्कृति हिमालको होस् वा तराइ-पहाडको ।’
‘कतिपयले प्रश्न गरेका छन्, आफ्नै संस्कारमा बिहे गर्दा हुन्थ्यो नी ?मेरो साधारण जवाफ के छ भने, नेपाली संस्कार पनि मेरै हो, मैथिली संस्कार पनि मेरै हो। यति कुरा बुझे पुग्छ ।
र मलाइ प्रश्न गर्ने ती महानुभावहरूलाइ मेरो प्रतिप्रश्न –विहारी इन्डियनले लगाउने ‘शेरवानी’ मधेस र मिथिलाको आफ्नो पोसाक कहिलेबाट भयो ? तपाइ आफ्नै विहेमा सुट पाइन्ट लगाइरहँदा धोती, कुर्ता र पैजामा किन याद आएन ? अन्तिममा, जिन्दगी भर उनी मेरो संस्कृति अंगाल्न तयार हुन्छिन भने, म एक दिन उन्को संस्कार किन अपनाउन सक्दिन ?’

Leave a Reply