Friday, May 14, 2021
Home > समाचार > बुबाआमाको दुक्ख सम्झिदै रवि भन्छन: गाडीको सट्टा पैसाले एउटा राम्रो घर बनाउँछु (भिडियो)

बुबाआमाको दुक्ख सम्झिदै रवि भन्छन: गाडीको सट्टा पैसाले एउटा राम्रो घर बनाउँछु (भिडियो)

काठमाडौँ। हजारौँ प्रतिस्पर्धीबाट छानिएर आएका प्रतिस्पर्धीलाई पछि पार्दै सुदूर पश्चिम कञ्चनपुरको एक सामान्य परिवारका रवि ओड विजेता बन्न सफल भए। रवि नेपाल आइडल बनिरहँदा उनका पिता भने भारतमा मजदुरी गरिरहेका छन्।

टाएल छाएको रविको घरमा उनका आफन्त र छिमेकीले खुसीयाली मनाइरहेका छन्। टाएलले छाएको कच्ची घर, ढोका नभएर तन्नाले ढाकेको शौचालय र बुवा भारतको चौकीदारीमा। तर अब भने रविको भाग्य बदलिएको छ। आफन्तहरू उत्साहित छन्।

टेलिभिजनको पर्दामा उनको प्रदर्शन लाखौँ जनताले हेरिसके पनि रविको घरमा टेलिभिजन मात्रै हैन बिजुली समेत छैन। नेपाल आइडलको फिनाले हेर्न उनका परिवार र गाउँलेहरू उनको ठुलो बुवाको घरमा भेला भएका थिए।

दयनिय अवस्थामा गुज्रिरहेका रविलाई जनताले साथ दिएपछि रविको सपना पुरा भएको छ। हेरौं बुबा आमाको दुक्ख सम्झिदै रवि भन्छन: गाडीको सट्टा पैसाले एउटा राम्रो घर बनाउँछु, भिडियो:

Leave a Reply