Tuesday, May 18, 2021
Home > समाचार > Wow….केपि ओलिको निर्देशनमा बिमानस्थल यस्तो हुँदै ! पाहुनाहरु चकित …सक्दो शेयर गरौ

Wow….केपि ओलिको निर्देशनमा बिमानस्थल यस्तो हुँदै ! पाहुनाहरु चकित …सक्दो शेयर गरौ

काठमाडौं, ७ पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको मौलिकता झल्किने विमानस्थलको रुपमा विकास गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा काम भईरहेको छ ।विमानस्थल वरपर पूर्ण सुधार ल्याई ६ महिना भित्रमा ‘बुटिक विमानस्थल’का रुपमा विकास गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् । त्यसका लागि हाल तीव्र रुपमा काम भईरहेको हो ।

नेपाली मौलिकता झल्कने खालका गेट, झयालको व्यवस्थापन, पर्यटकको सत्कारका लागि पानी भरिएको गाग्रो राखेर स्वागत गर्ने लगायत मौलिक नेपाली संस्कृति झल्कने गरी काम अगाडी बढाइएको छ ।विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बुटिक विमानस्थलमा परिणत गर्न आवश्यक सर्भेका लागि ५ जना इन्जिनियरहरु खटिइसकेका छन् ।

बस्नका लागि उचित ब्यवस्था तथा गर्मीमा एसी लगायतको ब्यवस्था पनि विमानस्थल भित्र शुरु भईसकेको छ । उत्तरतिर रहेको नेपाली सेनाको व्यारेक रहेको जग्गा पनि लिएर विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गर्ने गरी काम भईरहेको क्षेत्रीले जानकारी दिए ।लक्ष्य अनुसारको पर्यटक भित्र्याउनका लागि पनि विमानस्थलबाटै सुधार थालिएको हो ।

Leave a Reply