Wednesday, May 12, 2021
Home > समाचार > रविका भाइ बहिनी पनि गाउन खप्पिस, जब रविले जस्तै गाएर यसरी सुनाए (भिडियो)

रविका भाइ बहिनी पनि गाउन खप्पिस, जब रविले जस्तै गाएर यसरी सुनाए (भिडियो)

काठमाडौं। छोरो नेपाल आइडलको फिनालेमा पुगेपछि रवि ओडकि आमा फिनाले हेर्न पहिलोपटक काठमाडौँ पुगिन । यति ठुलो कार्यक्रम छोराले स्जेत तताइरहदा र उपस्थित श्रोता हरुले रवि रवि भन्दै हुटिंग गरिरहका आमाको खुसीको कुनै सिमानै थिएन । आमा संगै रविको आन्टि पनि काठमाडौँ आउनु भएको थियो । कार्यक्रम सकिए पछी संचारकर्मी संगको कुरामा रविकि आमाले आफु निकै खुसि भएको कुरा ब्यक्त गरिन । साथै यो खुसि दिलाउनु हुने सबैलाई धन्याबाद सनत दीइन ।

उता परदेसमा रहेका रविका बुवालाई भने छोराले नेपाल आइडलको उपाधि जितेपछि त्यहाँ रहेका नेपालीहरुले सम्मानको साथमा बधाई दिएका छन् । भारतको सुरातमा रहेका बुवालाई त्यहाँ रहेका नेपाली हरुले फूलमाला र अबिर लगाउदै सम्मान गरेका छन् । सडक मिडिया संग कुरा गर्दै बुवाले पनि यो खुसि दिलाउनुहुने सबै आमा बुवा दाजुभाई दिदि बहिनि तथा सम्पूर्ण नेपालिहरुलाई धन्यवाद ब्यक्त गरेका छन् । १ महिना पछी छोरालाई भेट्न नेपाल आउने योजना रहेको समेत उनले बताए । छोराको सफलताले आफुलाई निकै खुसीका साथै निकै गर्व लागेको समेत उनले बताए । सानै देखी उसको गाउनमा निकै रुची थियो मैले पनि गाउनमा प्रोत्साहन दिइराखेको थिए तर आज देश बिदेशमा रहेका नेपालीहरुको उसको यतिठुलो हौसला दिनु भो माया दिनु भो म निकै खुसि छु उनले बताए ।

रविका भाइ बहिनीले गाएका गीत भिडियोमा हेर्नुहोस:

रवि ओडले आफ्ना तिन जना प्रतिस्पर्धीलाई पछाडी पर्दै नेपाल आइडलको बिजेता बनेका हुन् । रविले नेपाल आइडलको उपाधी जितेपछि उनको परिवारमा खुसीको उल्लास छाएको छ । भारतमा रहेका उनका आफन्त लागेता नेपालीहरुले उनका बुवालाई भेटेर सम्मान गरेका हुन् । रविको जितले सबै नेपालीहरुलाई खुसि बनाएको कुरा बताउदै सुरतमा रहेका केहि नेपालीहरु जम्मा भएर खुसि संतेका थिए।

धनगढी अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका रविले नेपाल आइडलको उपाधि हासिल गरेका हुन् । यसपहिले यो उपाधि पोखराका बुद्ध लामाले हासिल गरेका थिए । निकै चाँसो र कौतुहलताका साथमा हेरिएको नेपाल आइडलकाे दाेस्राे संस्करणकाे विजेता रवि ओड भएका छन । फिनालेमा पुगेका बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीलाई पछि पार्दै रवि नेपाल आइडल बनेका हुन । नेपालकै चर्चित रियालिटि साे नेपाल आइडलकाे फिनालेबाट रविलाई नेपाल आइडल भएकाे घाेषणा गरिएकाे थियाे । सुक्रबार भएको फिनालेमा झापाका अश्मिता अधिकारी र सुमित पाठक क्रमस थर्ड रनरअप र सेकेन्ड रनरअप भए भने पोखराका बिक्रम फस्ट रनरअप भए ।

धनगढि अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका रविले बिभिन्न समयमा उत्कृष्ट्र प्रदर्शन गर्दै सबैकाे मन जितेका थिए । पुर्ख्यौली अछाम भएका रवि हाल कंचनपुर निवसि हुन । देशका बिभिन्न ठाँउमा भएकाे अडिसन देखि लामाे यात्रा पार गर्दै जजहरूकाे निर्णय र जनताले गरेकाे भाेटिङका माध्यमबाट ४ जना प्रतिस्पर्धी फिनालेमा पुगेका थिए । नेपाल आइडलकाे फिनालेबाट दाेस्राे नेपाल आइडल काे बन्छ भन्ने जिज्ञासा धेरैमा रहेकाे थियाे । जनताले पठाएकाे भोटिंग र जजहरुको आधार मानेर सबैभन्दा बढी जनताले पठाएको भोट पाउने प्रतिस्पर्धीलाई नेपाल आइडल घाेषणा गरिएकाे थियाे ।

Leave a Reply