Monday, July 19, 2021
Home > समाचार > सिजनको अन्तिम एल क्लासिकोको समय तय

सिजनको अन्तिम एल क्लासिकोको समय तय

बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत बार्सिलोना र रियलबीचको खेल तालिका सार्वजनिक भएको छ। ‘गेमविक’ ३६ अन्तर्गतको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडलाई निम्त्याउँदै छ।खेल मे ६ मा हुने तय भएको छ। नेपाली समय अनुसार खेल राती १२:३० मा सुरु हुनेछ। यस खेल सिजनको पाँचौ तथा अन्तिम एल क्लासिको हुनेछ।यसअघिको ४ भेटमा बार्सिलोनाले २ तथा

रियलले २ खेलमा जित हात पारेका छन् । प्रि सिजनमा अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा बार्सिलोनाले रियललाई ३-२ ले पराजित गरेको थियो भने स्पेनिस सुपर कपको दुवै लेगमा रियलले बार्सिलोनालाई हराएको थियो। पहिलो लेगमा क्याम्प नाउमा ३-१ को अग्रता लिएको रियलले दोस्रो लेग २-० ले जितेको थियो। ला लिगा अन्तर्गत भने घरेलु मैदानमा बार्सिलोना समक्ष रियल ३-० ले निरही बनेको थियो।

त्यस्तै ला लिगाले गेमविक ३६ को अन्य खेलहरु पनि सार्वजनिक गरेको छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!