Friday, May 14, 2021
Home > समाचार > चर्चित प्रेरणा शाह काण्डले फेरि लियो यस्तो रूप, बिरेन्द्रको जग्गामा अधिकार जमाउन खोज्दै…

चर्चित प्रेरणा शाह काण्डले फेरि लियो यस्तो रूप, बिरेन्द्रको जग्गामा अधिकार जमाउन खोज्दै…

काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले पुन: सर्वाेच्च अदालतकाे ढाेका ढकढक्याएकी छिन् । अाफूले दाइजोमा पाएको दाबी गर्दै पूर्वराजा वीरेन्द्रकाे नाउँमा रहेकाे १५ राेपनी जग्गा नेपाल ट्रष्टलाई दिने तत्कालीन सर्वाेच्चकै फैसलामा असन्तुष्टि जनाउँदै फैसला पुनरावलोकनका लागि उनी सर्वोच्च अदालत पुगेकी हुन् । शुक्रबार उनले सर्वाेच्चकाे संवैधानिक इजलासमा निवेदन दर्ता गराएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल ट्रष्टको कार्यालय लगायतलाई विपक्षी बनाइ दर्ता गरिएको निवेदनमा आफ्नो मौलिक हकको हनन् हुने गरी फैसला भएको उल्लेख छ ।

 

सर्वोच्च अदालतले २०७३ पुषमा पूर्वअधिराजकुमारी समेत रहेकी प्रेरणालाई दाइजोस्वरूप दिइएको भनिएकाे काठमाडौँकाे छाउनीमा रहेको १५ रोपनी एक आना जग्गा नेपाल ट्रस्ट्रको नाममा हुने फैसला गरेको थियाे । उक्त जग्गा पूर्वराजा वीरेन्द्रकाे सम्पत्ति रहेकाे भन्दै वीरेन्द्र र उनका परिवारकाे नाउँमा रहेका सबै सम्पत्तिकाे खाेजी तथा रेखदेख गर्न गठित ट्रष्टकाे नाउँमा रहने फैसला भएकाे थियाे ।

तल्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको संयुक्त इजलासले २०७३ पुष २१ बिहीबारका दिन साे जग्गा ट्रष्टकाे हुने फैसला गरेकाे थियाे ।

त्यसअघि २०७२ असारमा तत्कालीन प्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्वराजा वीरेन्द्रको नामको जग्गा भए पनि उनकै भाइ ज्ञानेन्द्रकी छोरी प्रेरणाले दाइजो पाएकाे भन्दै साे जग्गा प्रेरणाकाे नाममा हुने गरी फैसला गरेका थिए । साे फैसला चित्त नबुझेपछि नेपाल ट्रष्टले पुनरावलाेकनकाे निवेदन हालेर अन्तत: जग्गा अाफ्नाे नाममा पारेकाे थियाे । त्यसअघि सरकारले २०६४ पुस १ मा पूर्वराजा वीरेन्द्रको सम्पत्तिका रुपमा रहे‍काे साे जग्गा र त्यसमा बनेकाे घरसहित नेपाल ट्रष्टमा गाभ्ने निर्णय गरेको थियो । त्यसयता यसमा पटकपटक चलखेल र विवाद भएका छन् ।

यसपटक फेरि उनै विवादास्पद छविका न्यायाधीश चाेलेन्द्रशमशेर प्रधानन्याधीश हुने क्रममा छन्, यही माैकामा प्रेरणाले जग्गा पुन: अाफ्ने नाउँमा पार्न सर्वाेच्चमा निवेदन हालेकी हुन् ।

Leave a Reply