Friday, May 14, 2021
Home > समाचार > भारतमा काम गर्दै आएका रवि ओडका बुवालाई नेपालीहरुद्वारा भब्य सम्मान – भिडियो सहित

भारतमा काम गर्दै आएका रवि ओडका बुवालाई नेपालीहरुद्वारा भब्य सम्मान – भिडियो सहित

काठमाडौं। छोराले नेपाल आइडलको उपाधि जितेपछि भारतको सुरातमा रहेका बुवालाई त्यहाँ रहेका नेपाली हरुले फूलमाला लगाउदै सम्मान गरेका छन् । रवि ओडले आफ्ना तिन जना प्रतिस्पर्धीलाई पछाडी पर्दै नेपाल आइडलको बिजेता बनेका हुन् । रविले नेपाल आइडलको उपाधी जितेपछि उनको परिवारमा खुसीको उल्लास छाएको छ ।

भारतमा रहेका उनका आफन्त लागेता नेपालीहरुले उनका बुवालाई भेटेर सम्मान गरेका हुन् । रविको जितले सबै नेपालीहरुलाई खुसि बनाएको कुरा बताउदै सुरतमा रहेका केहि नेपालीहरु जम्मा भएर खुसि संतेका थिए । धनगढी अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका रविले नेपाल आइडलको उपाधि हासिल गरेका हुन् । यसपहिले यो उपाधि पोखराका बुद्ध लामाले हासिल गरेका थिए ।

निकै चाँसो र कौतुहलताका साथमा हेरिएको नेपाल आइडलकाे दाेस्राे संस्करणकाे विजेता रवि ओड भएका छन । फिनालेमा पुगेका बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीलाई पछि पार्दै रवि नेपाल आइडल बनेका हुन ।

नेपालकै चर्चित रियालिटि साे नेपाल आइडलकाे फिनालेबाट रविलाई नेपाल आइडल भएकाे घाेषणा गरिएकाे थियाे । सुक्रबार भएको फिनालेमा झापाका अश्मिता अधिकारी र सुमित पाठक क्रमस थर्ड रनरअप र सेकेन्ड रनरअप भए भने पोखराका बिक्रम फस्ट रनरअप भए ।

धनगढि अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका रविले बिभिन्न समयमा उत्कृष्ट्र प्रदर्शन गर्दै सबैकाे मन जितेका थिए । पुर्ख्यौली अछाम भएका रवि हाल कंचनपुर निवसि हुन । देशका बिभिन्न ठाँउमा भएकाे अडिसन देखि लामाे यात्रा पार गर्दै जजहरूकाे निर्णय र जनताले गरेकाे भाेटिङका माध्यमबाट ४ जना प्रतिस्पर्धी फिनालेमा पुगेका थिए ।

नेपाल आइडलकाे फिनालेबाट दाेस्राे नेपाल आइडल काे बन्छ भन्ने जिज्ञासा धेरैमा रहेकाे थियाे । जनताले पठाएकाे भोटिंग र जजहरुको आधार मानेर सबैभन्दा बढी जनताले पठाएको भोट पाउने प्रतिस्पर्धीलाई नेपाल आइडल घाेषणा गरिएकाे थियाे ।

Leave a Reply