Tuesday, March 2, 2021
Home > समाचार > यी बुढो मनिसले गरे कसैले पत्याउनै नसक्ने काम – हेर्नुहोस जानेर तपाई पनि पर्नु हुन्छ चकित

यी बुढो मनिसले गरे कसैले पत्याउनै नसक्ने काम – हेर्नुहोस जानेर तपाई पनि पर्नु हुन्छ चकित

इलाम । करिब ९ दशक पार गरेको कुप्रो ज्यान । जो, पत्रे चट्टानमाथि छिनो र हथौडाले एकनास ठुंगिरहेको छ । तिनले छाड्दै गएको पदचापमा सुन्दर बाटो छ, सानो जलकुण्ड छ, ढुंगे चौतारो छ, छानोविहीन मन्दिर छ, अनौठो मुहार(आकृति छ । र, नयाँ स्वरुप ग्रहण गर्दै गरेको सिंगै डाँडो छ । यो बुकी फूल्ने रुखो डाँडाले अब कस्तो रुप धारण गर्ला ?यसको खास आकृति केवल डम्बरसिंह सुनुवारको

उर्बर मस्तिष्कमा मात्र छ । र, त्यसैलाई साकार रुप दिन हो, उनले रातदिन खटेको । भोक तीर्खा सहेको । चर्को घाम र कठ्याग्रिँदो चिसो झेलेको । तिनका खस्रा हातले पटक्कै विश्राम लिएका छैनन् । चाहुरिएर मुजा(मुजा परेको अनुहारमा थकानको कुनै संकेत देखिँदैन । यी बुढा दृढ छन्ः चट्टान फोरेर त्यसमा आफ्ना लालाबालाको आकृति कुँद्न । आफ्नै आँखाको सामुन्ने गोली लागेर रत्ताम्मे भई ढलेका सन्तानलाई उनी जीवन्त तुल्याउन चाहन्छन, ढुंगामै भए पनि ।

इलामको माइपोखरीबाट देउराली बजारसम्म जाने एउटा सहायक बाटो छ, जसलाई पछ्याउँदै जाँदा डम्बरसिंह सुनुवार भेटिन्छन् । उनी या त चोयाले बनाइएको सानो झकमा माटो भर्दै बाटोको खाल्डा पुरिरहेका हुनेछन, या धारिलो छिनोले ढुंगा चोइट्याइरहेको अवस्थामा भेटिनेछन् । या त झम्पल र साबेलले एक्लै डाँडो कोट्याइरहेका हुनेछन् । अथवा, मार्तोलको सहारामा पर्खाल ठड्याइरहेका हुनेछन् ।

बिहानको उज्यालो नपोखिँदै सुरु हुने डम्बरसिंहको यस्तो दिनचर्या साँझ साखेजुङमाथिको डाँडाबाट घाम नडुबेसम्म जारी रहन्छ । यो उनको पाँच दशक यताको नियमित दैनिकी हो । यो ५० वर्षको अवधिमा उनले एउटा सिंगो डाँडालाई कलात्मक रुप दिइसकेका छन् । कतै मन्दिर बनाएका छन, कतै घुमाउरो बाटो । कतै ढुंगाको मूर्ति राखेका छन् । कतै शिलालेख छ । माइपोखरी(देउराली जोड्ने करिव तीन किलोमिटर बाटो उनैले खिपेका हुन्, जो लगभग डेढ मिटर चौडा छ ।

यही बाटोको मध्यतिर डम्बरसिंहको बासस्थान छ, चित्राले बारेको गोठजस्तो । त्यही अध्याँरो कटेरामा उनले रात गुजार्छन् ।कटेराको पूर्व्तिर एउटा मन्दिर छ, छानो हाल्न बाँकी रहेको । त्यससँगैको ढुंगामा दुई मानव आकृति छन्, ती डम्बरसिंहका दुई दिवंगत छोराछोरीको आकृति हो । बीचमा उनले एउटा बमको आकृति पनि कुँदेका छन्, टुईञ्च ।

‘यही बम हो’ डम्बरसिंहले झर्को मान्दै सुनाए, ‘कहाँबाट उडेर आयो र आँगनमा खेलिरहेका छोराछोरीलाई लाग्यो । उनीहरु रगतको आहालमा छटपटाउन थाले ।’ यसो भनिरहँदा उनका भासिएको आँखा रसाउन पुग्छन् । ‘छोराछोरी मरेपछि विरक्त लाग्यो’ डम्बरसिंह थप्छन्, ‘अनि उनीहरुकै नाममा यी सब कामहरु गरें, गरिरहेको छु ।’

जब नावालक छोराछोरी गुमाए, त्यहीबेलादेखि हो उनको जिब्रोले मीठो(मसिनोको स्वाद पाउन छाडेको । ‘के मीठो, के नमिठो’ डम्बरसिंह भन्छन्, ‘खाना खान बस्दा छोराछोरी सम्झेर मन नै अमिलो हुन्छ ।’ न उनी राम्रो लगाउँछन, न रमाइलो गर्छन् । घुम्ने, डुल्ने, रमाइलो गर्ने केही इच्छा बाँकी छैन, उनीसँग । मैलोले कलेटी परेको एउटा कोट, फाटेको दौरा(सुरुवाल र ढाका टोपीले वर्षौंदेखि उनको आङ ढाकेको छ । साँझ कसरी छाक टार्ने भन्ने चिन्ता छैन, न लुगाफाटोको सौख नै ।

चाररपाँच गास भात एक छाक खान पाए उनलाई पुग्छ । त्यसैले त हो, उनी अविछिन्न आफ्नो कर्ममा लिन हुन सकेको । जिल्ला विकास समिति इलामले उनलाई बस्नका लागि घर बनाइदिएको छ । तर, डम्बरसिंह कटेरोमै बस्छन् । ‘यहाँ सुतेका बेला छोराछोरीलाई सपनामा देख्छु,’ डम्बरसिंह भन्छन, ‘उनीहरु मसँग खेल्न आउँछन्, पोखरीमा गएर माछासँग खेल्छन् ।’

पहाडको कुनामा जीवन बिताइरहेका डम्बरसिंहसँग राजनीतिको कुनै लिनु(दिनु थिएन । तर, त्यही राजनीतिक उथलपुथलले उनको जीवनलाई दुःखान्त मोडमा धकेलिदियो । घटना थियो, २०१८ सालमा नेपाली कांग्रेसले चर्काएको ‘सशस्त्र प्रतिरोध आन्दोलन’को । सुवर्णशमसेरको कमान्डमा २०१८ साल मंसीरबाट थालेको सशस्त्र आन्दोलनका क्रममा बिद्रोही र शाही सेनाबीचको गोली हानाहान चलिरहेको थियो ।

डम्बरसिंहका १२ बर्षीय छोरा डिकबहादुर र डेढ बर्षीया छोरी ओममाया आँगनमा खेलिरहेका थिए । त्यहीबेला कतैबाट बत्तिएर आएको बम आँगनमा पड्कियो र आँखै अगाडि दुई छोराछोरीलाई क्षतबिक्षत बनाइदियो । २०१८ माघ २ गतेको यो घटनापछि डम्बरसिंहको खुसी संधैका निम्ति लुटियो । ‘हामी छेवैको बारीमा काम गर्दै थियौं,’ डम्बरसिंहले सम्झिए, ‘हेर्दाहेर्दै नानीहरु रगतपच्छे भएर ढले ।’

यसरी सन्तान गुमाउनुको पीडालाई उनले मनमा संगाल्न सकेनन् । अन्ततः ठूल(ठूला चट्टान फोरेर त्यसैमा आफ्ना मृत नावालक सन्तानको आकृति कुँद्न थाले । यो क्रम अझै जारी छ । शरीर झन्(झन् कुप्रिँदै गएको छ । आँखा मधुरो हुँदै गएका छन् । हातगोडा चाँडै थाक्न थालेका छन् ।

खिइँदै गएको ज्यानमा तागत हराउँदै गएको छ । यतिबेला उनलाई कताकता डर लाग्छ, ‘कतै आफुले थालेको काम पूरा गर्न नसकिएला कि ?’ ‘मन्दिरमा छानो हाल्न बाँकी छ, मूर्तिलाई रंग रोगन गर्न पाएकै छैन’ डम्बरसिंह सुनाउँछन, ‘कतै कामै पूरा नगरी मरिने पो हो कि ?’ सन्तान वियोगको पीडा भुल्न उनले आफूलाई त्यही काममा खर्चिए, जसले उनलाई सिजर्नशील बनायो । तस्विर ः समाजिक संजाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *