Monday, May 10, 2021
Home > समाचार > आर्थिक अभावका कारण म्यादी प्रहरी बनेका रवि बन्लान् त नेपाल आइडल ?

आर्थिक अभावका कारण म्यादी प्रहरी बनेका रवि बन्लान् त नेपाल आइडल ?

काठमाडौं। नेपाल आइडलको ग्रान्ड फिनालेमा चार जना प्रतिस्पर्धीबीच शुक्रबार साँझ भिडन्त हुँदैछ । नेपाल आइडलको फाइनलमा पुगेका रवि ओडको पृष्ठभूमी धेरैलाई थाहा छ । अझ जिवनमा उनले गरेका संघर्षको बारेमा भने कमैलाई थाहा होलारविले भोगेको दुख र उनको संघर्षले बताउँछ कि उनि एकदिन सफलाताको शिखरमा अवश्य पुग्नेछन् ।

परिवारमा केही आर्थिक सहायता हुन्छ भनेर २०७० सालमा भएको निर्वाचनमा रवि म्यादी प्रहरीमा भर्ना भएका थिए । अर्थिक अवस्था कमजोर रहेका रविका बाबु रोजगारीको सिलसिलामा भारतमा छन् । रवि पनि केही बर्ष पहिले बाबुसँगै भारत गएका थिए । तर उनी धेरै समय भारत बसेनन् र नेपाल फर्किए ।

नेपाल आईडलको फाईनलमा पुगेर प्रतिस्पर्धा गरिरहेका रवि नेपाल आइडलका मुख्य दाबेदार हुन् । नेपाल आइडलको डेन्जर जोनमा नपरेका रवि देश विदेशबाट धेरै दर्शकको माया, साथ र सहयोग प्राप्त गर्न सफल भएका छन् ।

यसैबीच, सुदूरपश्चिम धनगढीबाट रवि ओड सहित पोखराका बिक्रम बराल र झापाबाट अश्मिता अधिकारी र सुमित पाठक नेपाल आइडलको फिनालेमा पुग्न सफल भएका छन् ।फिनालेमा पुगेका ४ जनाबाटै शुक्रबार साँझ नेपाल आइडल २ को टुंगो लाग्नेछ ।

Leave a Reply