Monday, May 10, 2021
Home > समाचार > भर्खरै आयो अत्यन्तै रहस्यमय घटनाको खबर

भर्खरै आयो अत्यन्तै रहस्यमय घटनाको खबर

एजेन्सी । मध्यप्रदेशको अशोकनगरमा एक खौफनाक हत्याको घटना सार्वजनिक भएको । गाउँभन्दा १ किलोमीटर टाढा खेतमा घर बनाएर बसिरहेका एएसएफका सेवानिवृत जवान र उनकी श्रीमतीलाई मंगलबार राती गोली हानेर हत्या गरिएको छ ।हत्या गर्नुभन्दा पहिला हत्याराहरुले घरको बाहिर रहेका सुरक्षा गार्डलाई बाँधेर राखेका थिए । हत्याराले मृतकको एक कारलाई लिएको बताइएको छ । एपीले चारै थानाका प्रभारी एएसपीको निर्देशनमा टीम बनाएर खोज्न निर्देशन दिएका छन् । उनले हत्याबारे सूचना दिनेलाई ५ हजार भारु पुरस्कार दिने घोषणा पनि गरेको जनाइएको छ ।

घटनास्थलमा मंगलसुत्र र सुनको सिक्री फेला परेको छ । बाँकी सामान तितरवितर अवस्थामा फेला परेको जनाइएको छ । मृतकका परिवारले घरमा धेरै पैसा नरहेको जानकारी दिएका छन् । बीसौर गाउँको करिब एक किलोमीरटको दुरीमा दुई तले घरमा जवान निहाल सिंह रघुबंशी र उनकी श्रीमती गीताबाई बस्थे । मंगलबार राती ट्यूबेलबाट सांदोय निवासी देवेन्द्र सिंहको खेत चार्नका लागि भरोसा कुशहवा घर बाहिर सिरग ओढेर खटियामा सुतेका थिए । भरोसाले भने, ‘जब मेरो निन्द्रा खुल्यो हत्याराले मलाई खटियामा बाँधेर मुखमा कपडा कोचिदिए ।’ केही समयपछि ती पटक गोली चलेको आावाज सुनेको उनले बताए ।

केहीसमयपछि छुटेर नजिकैको राकेश जाटवको घरमा पुगेर सबै घटना भनेको भरोसाले बताए । तत्काल राकेशले प्रहरीलाई घटनाको सूचना दिएका थिए । जब प्रहरी त्यहाँ पुग्यो ननिहाल सिंहको शव भूईमा थियो । उसको कनपट्टी र खुट्टामा गोली लागेको थियो । भित्र उसकी श्रीमतीके शव कुर्सीमा थियो । उनको पनि टाउकोमा गोली लागेको थियो । यसक्रममा कोठमा सामान जताततै छरिएको थियो । घरबाट एल्टो कार पनि गायब थियो ।

घटनाको भोलीपल्ट प्रहरीले त्यहाँ फिंगर प्रिन्ट विशषज्ञबाट जाँच गरायो । तर, कुनै सुराक फेला परेन । समाचारअनुसार ननिहाल सिंहले गाउँमा बन्धकीमा पैसा ऋण लगानी गर्दै आएका थिए । त्यसैले कसैले बन्धकी राखेको कागजातका लागि उनीहरुको हत्या गरेको हुन सक्ने प्रहरी अनुमान गरेको छ ।

मृतकका दुई छोरा छन् । एक अनिल छोरा गाउँकै घरमा बस्छन् भने अर्का छोरा सुनिल प्रहरीमा छन् । सुनिलले आफ्ना बाबु आमासँग कसैको दुस्मनी नरहेको बताए । समाचारअनुसार आरोपीले मृतक दम्पतीलाई चिनेका थिए । र मृतकले पनि उनीहरुलाई चिनेका थिए । त्यसैले पहिचान लुकाउन उनीहरुको हत्या भएको हुनसक्ने बताइएको छ ।प्रहरीका सामु एक ठूलो प्रश्न के छ भने, आरोपीको उद्देश्य लुट्नु थियो भने श्रीमान श्रीमतीलाई किन गोली हाने ? प्रहरीले घरमा रहेको सीसीटीभीको हार्ड डिक्स बरामद गरेको छ । तर, सीसीटीभीमा कुनै घटना रेकर्ड भएको छैन । प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply