Thursday, June 17, 2021
Home > समाचार > पहिलो द भ्वाइस सिडी विजय अधिकारीको नयाँ गित सार्वजनिक (भिडियो)

पहिलो द भ्वाइस सिडी विजय अधिकारीको नयाँ गित सार्वजनिक (भिडियो)

काठमाडौं: पोखराका सिडी पहिले देखि नै गित संगीतमा लागे पनि द भ्वाइसबाट भने उनको परिचय फेरिएको छ । केहि वर्ष दुबई स्थित याक एण्ड यति रेष्टुरेन्टमा गाउँने सिडीका भ्वाइसमा आउँनु पुर्व नै धेरै म्युजिक भिडियो बजारमा आइसकेका थिए ।

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को पहिलो उपाधी जितेका उनै सीडी विजय अधिकारीले स्वर दिएको निकै मार्मिक गजल ‘बेला नै त हो नजर झुकाईन के भन्नु’ बजारमा आएको छ ।

मणि भट्टराईको शब्द रहेको गीतको संगीत डि आर अतुले गरेका छन भने डाइरेक्शन लोकेन शंबा लिम्बुले गरेका हुन । किशोर थापाले मिक्सिंग गरेको गीतमा अरेञ्ज भने राजु कार्कीले गरेका छन । बाँकी गीतको भिडियो हेर्नुहोस:

द भ्वाइस जितेसंगै सिडी विजय अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वल्र्ड टुर अवसर पनि पाएका हुन । अन्तिम प्रतिस्पर्धामा विजेता अधिकारीसँगै कोचहरुले समेत आफ्नो प्रस्तुति दिएका थिए ।

अधिकारीसँगै शृजय थपलिया, सप्तक दुर्तराज र कुशल आचार्य पहिलो भ्वाइस अफ नेपालको प्रतिस्पर्धामा थिए । प्रतियोगितामा सनुप पौडेल, दीप श्रेष्ठ, प्रमोद खरेल र अभया सु्ब्बा कोचको भूमिकामा रहेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!