Friday, May 14, 2021
Home > समाचार > एक सय वर्ष उमेर पुगेका वृद्धवृद्धालाई घर हस्तान्तरण गर्न अशोक दर्जी पोखरा पुग्दा देखियो यस्तो दृष्य (भिडियो हेर्नुस्)

एक सय वर्ष उमेर पुगेका वृद्धवृद्धालाई घर हस्तान्तरण गर्न अशोक दर्जी पोखरा पुग्दा देखियो यस्तो दृष्य (भिडियो हेर्नुस्)

पोखरा, ५ पुष । सडक र गाउँमा मात्र गीत गाउँदै आएका बालक अशोक दर्जी अहिले सेलीब्रेटी बेनका छन् । उनलाई टंक बुढाथोकीले गाउँवाट उठाएर गायक बनाएका छन् । उनको आवाज मन पराएका कारण उनी अहिले सेलीब्रेटी बनेका छन् ।

उनको गरिवी अवस्था र अशोकको प्रतिभालाई सामाजिक सञ्जालमा देखेकाहरुले आर्थिक सहयोग गरे । अहिले अशोक झुपडीवाट सिमेन्टेड घरमा बस्छन् । उनको जिवनशैली पनि फेरीएको छ ।

अशोकले अहिले सजिलै स्टेज कार्यक्रममा एकल प्रस्तुती समेत दिन सक्छन् । सेलीब्रटी भएका अशोकले वृद्ध दम्पत्तीका लागि निर्माण गरिएको घर हस्तान्तरण गरेका छन् । सेलिब्रेटीका रुपमा उनलाई सो कार्यक्रममा लगिएको हो । घर हस्तान्तरण कार्यक्रममा सहभागी भएका अशोक नै सबैको आकर्षण बनेका थिए ।

पोखराका स्थानिय पत्रकार शुरेश सुनारको सकृयतामा एक सय वर्ष उमेर पुगेका बृद्धवृद्धाका लागि निर्माण गरिएको घर अशोक दर्जी मार्फत हस्तान्तरण गरिएको हो । बेघर रहेका वृद्ध बृद्धालाई सहयोग जुटाएर घर निर्माण गरिएको हो ।

Leave a Reply