काठमाडौं, ६ वैशाख । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)ले नेटवर्किङ व्यावसायका नाममा ठगी गर्ने ६६ जनालाई नियन्त्रणमा लिएर ७ जनामाथि मुद्दा चलाएको छ ।लामो समयदेखि आइबोस ग्लोबल मार्केटिङ कम्पनीका नाममा अनलाई व्यावसाय तथा विभिन्न माध्यमबाट सर्वसाधारणलाई सदस्य बनाई गैर कानुनी हिसाबले पिरामिड संरचनामा सदस्य बनाउने गिरोहका ६६ जनालाई
पक्राउ गरि अनुसन्धान गरिएको सीआइबीले जनाएको छ । ‘यस मध्येका मुख्य सञ्चालक ७ जना माथि ठगीको कसुरमा कानुनअनुसार कारबाही अगाडी बढाइएको छ’, सीआइबीले भन्यो ।
काभ्रे पाँचखाल–१५का धुम्बाराही काठमाडौंबासी राजकुमार दंगाल मुख्य सञ्चालकसहित भक्तपुर बस्ने नारायण सिवाकोटी, जोरपाटीका भक्तबहादुर नेपाली, रविन नेपाली, चावहिल बस्ने प्रदिप राई, नखिपोट बस्ने तिर्सना सुनुवार र चावहिल कस्ने पूर्णबहादुर श्रेष्ठमाथि मुद्दा चलाइएको सीआइबीले जनाएको छ ।