Friday, May 14, 2021
Home > समाचार > बरिष्ठ पाइलट विजय लामाको भयो बढुवा, पाए यस्तो जिम्मेवारी

बरिष्ठ पाइलट विजय लामाको भयो बढुवा, पाए यस्तो जिम्मेवारी

काठमाडौँ – लामो समय देखि बरिष्ठ पाइलटका रुपमा रहेका नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन विजय लामा प्रवक्तामा नियुक्त भएका छन् । आजदेखि नै लागूहुनेगरी वरिष्ठ क्याप्टेन विजय लामाले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पाइलटका साथै प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्राप्त जानकारी अनुसार निगमले बरिष्ठ क्याप्टेन विजय लामालाई मंगलबार मात्रै प्रवक्तामा नियुक्त गरेको थियो।

यसअघि निगमको प्रवक्ता अशोक सिग्देल र सहप्रवक्ताका रुपमा शैलेस कंसाकार रहेकोमा अब प्रवक्तामा वरिष्ठ क्याप्टेन लामा र सहप्रवक्ताका रुपमा भने नवराज कोइरालाले जिम्मेवारी सम्हाल्नेछन्। स्रोतका अनुसार निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जिम्मेवारी बाँडफाँड गरेको जनाएको छ ।

Leave a Reply