Monday, May 10, 2021
Home > समाचार > फोहोर टिपिरहेको बच्चालाई बाइकमा आएका दुई युवकले टाउकोमा रडले हानेपछि…

फोहोर टिपिरहेको बच्चालाई बाइकमा आएका दुई युवकले टाउकोमा रडले हानेपछि…

एजेन्सी । २०१७ को तुलनामा २०१८ मा हत्यामा २० प्रतिशत कमी गरेको दावी र्गे प्रहरीलाई बदमाशहरुले २ घण्टामा तीन हत्या गरेर चुनौती दिएका छन् । आइतबार दिउँसो भारतको बाणगंगामा चोरीको आशंकमा एक कम्पनीको कर्मचारीले ७ वर्षको नाबालकलाई टाउँकोमा रडले हानेर हत्या गरेको घटना सार्वजनिक भएको छ ।

मल्हारगञ्जमा शनिबार राती १२ बजे हिस्ट्रीशीटर गुण्डाले युवकको हत्या गर्यो । परदेशीपुरामा शनिबार ६५ वर्षीय वृद्धको हत्या भयो ।

बाणगंगा टीआई इंद्रमणिले मृतक ७ वर्षीय बालकको नाम साजन भएको र उसको घर धरमपुरीमा रहेको बताए । उनी सांवेर रोड इंडस्ट्रियल रोड ई सेक्टर रोडमा बहिनी र काकीसँग कवाड खोज्न आएको थियो, त्यसै बेला बाइकमा आएका दुई युवकले बच्चाको टाउकोमा रडले प्रहार गरे ।

उनीहरुलाई बच्चाले फ्याक्ट्रिबाट कवाड चोरेको आशंका थियो । बच्चाकी काकीले चोरी अस्वीकार गरिन् । प्रहरी युवकको खोजीमा रहेको बताइएको छ ।

काकीले भनिन्, ‘म चिच्च्याएँ तर कसैले सुनेन । कोही बचाउन आएन । बच्चाको टाउकोमा रडले यति जोडले प्रहार गरियोकी उ फेरि उठन सकेन ।’

हरिजन कोलोनीमा बाबा भनेर चिनिने गुण्डा आशीषले २५ वर्षीय साथी विशाल पांचालीलाई चक्कु हानेर हत्या गर्यो । मल्हारग्रज टीआई संजय मिश्राले विशाल फफुल बेच्ने सानो व्यापारी भएको बताए ।

Leave a Reply