Tuesday, May 18, 2021
Home > समाचार > गुड्ने भयो काठमाडौं ललितपुरमा मोनोरेल, यसरी भयो चीनसंग ऐतिहासिक सम्झौता (भिडियो)

गुड्ने भयो काठमाडौं ललितपुरमा मोनोरेल, यसरी भयो चीनसंग ऐतिहासिक सम्झौता (भिडियो)

३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् ।चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)लाई डीपीआर तयार पार्ने जिम्मा दिइएको हो ।बुधबार राष्ट्रिय सभागृहमा महानगरपालिका र कम्पनी बीच सम्झौता पत्रमा हस्ताक्षर भयो । अबको एक वर्षभित्र कम्पनीले डीपीआर तयार गरिसक्नेछ ।

हेर्नुहोस भिडियो यसरी भयो सम्झौता

चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको थियो । सीआरसीसी चीन सरकारको स्वामित्व रहेको कम्पनी हो ।मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको दावी छ । प्ररम्भिक प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने भनिए पनि एक वर्षको अवधि राखेर सम्झोता भएको छ ।

त्यसको ३ वर्षपछि मोनोरेल बनाउन सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । अब फटाफटी योजना अनुसार काम भए मात्रै पनि ४ वर्ष समय लाग्नेछ । यसका कारण मेयर शाक्यको पालामा रेल नगुड्ने निश्चित भएको छ । शाक्य मेयरमा निर्वाचित भएको २० महिना बितिसकेको छ । चिनियाँ रेल्वे अधिकारीले ५ वर्ष डीपीआर सहित ५ वर्ष समय लाग्ने बताएका छन् ।

Leave a Reply