Tuesday, May 18, 2021
Home > समाचार > यस्ता शिक्षक जसले गृहकार्य नगरेको निहुँमा वेतको लौरोले कुटेर खुट्टा नै भाँचिदिए बिद्यार्थीको

यस्ता शिक्षक जसले गृहकार्य नगरेको निहुँमा वेतको लौरोले कुटेर खुट्टा नै भाँचिदिए बिद्यार्थीको

काठमाडौं । शिक्षकको सम्मान सबैतिर हुन्छ । अशल शिक्षक, गुरू पुज्य हुन्छन् । तर कोही शिक्षक यस्ता हुन्छन्, उनीहरुको कर्तुतले सिंगो शिक्षक जमात नै लज्जितसमेत हुनुपर्छ । दैलेखका एक शिक्षकले गृहकार्य नगरेको भन्दै कारबाही गर्दा विद्यार्थीको खुट्टा भाँचिएको छ ।दुल्लु नगरपालिका नाभिस्थानमा सञ्चालित पञ्चकोसी विद्या श्रमका शिक्षक खगेन्द्र बजगाईंले १३ वर्षीय सुरेन्द्र हमाललाई कुटेका हुन् ।

गृहकार्य गर्न नसकेको भन्दै सोमबार शिक्षक बजगाईंले वेतको लौरोले कुटेर सुरेन्द्रलाई घाइते बनाएका थिए । बालकका अभिभावकले घटना थाहा पाउने डरले चोट लाग्दा पनि शिक्षक बजगाईंले उपचारका लागि जान दिएका थिएनन् ।

सुरेन्द्रसँगै पढ्ने नवराज खनालको सहयोगमा विद्या श्रमबाट भाग्न सफल भएपछि यो घटना बाहिर आएको हो । विद्यापीठमा आवासीय रूपमा पठनपाठन हुँदै आएको छ । दुल्लु अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । एक्सरे हेर्दा भाँचिएको आशंका भएपछि नेपालगन्ज रिफर गरिएको दुल्लु अस्पताल प्रमुख पूजा बिसीले बताइन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

विद्यापीठ व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद उपाध्याय र सदस्यसचिव दुल्लु नगर शिक्षा शाखा स्रोतव्यक्ति शिवराज खड्काले पीडित पक्षलाई आफूहरूविरुद्ध उजुरी नगर्न दबाब दिएका बालकका आफन्तले बताएका छन् ।

Leave a Reply