Monday, May 10, 2021
Home > भिडियो > महासमिति बैठकमा देउवामाथि नै आक्रामणको प्रयास, कार्यक्रम स्थगित गरि यसरी भागे देउवा (भिडियो)

महासमिति बैठकमा देउवामाथि नै आक्रामणको प्रयास, कार्यक्रम स्थगित गरि यसरी भागे देउवा (भिडियो)

काठमाडौँ । शनिबारबाट जारी काँग्रेस महासमिति बैठकमा नेताहरुबीचमा झगडा र हात हालाहालको स्थिति सृजना भएको छ । काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको हातबाट माइक खोसेपछि हात हालाहालको स्थिति सृजना भएको हो ।

मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै आएका थिए ।सभापति केसीले भने- ‘म बोल्दै थिएँ । एकाएक डा. महत आएर मेरो माइक खोस्न थाल्नुभयो । त्यसपछि धकेलाधकेल भयो । त्यसक्रममा माइक नै फुटेको छ ।’ उनले थपे- ‘विधान नआएसम्म बैठक अघि बढ्दैन भन्नेमा महासमिति सदस्यहरुबीच एकमत रहेको छ ।’

सहमहामन्त्री महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्ष लिएका छन् । हात हालाहालकै स्थिति आएपछि अहिले बैठक स्थगित गरिएको छ ।

पूर्व निर्धारित कार्यतालिका अनुसार काँग्रेसको महासमिति बैठक आज सकिने थियो तर, नेताहरुबीचको झगडा र असमझदारीले बैठक लम्विदै गएको छ ।

भिडियो:

Leave a Reply