Thursday, May 6, 2021
Home > खेलकुद > बल टेम्परिङः अस्ट्रेलिया क्रिकेट बोर्डको नियतमाथि गम्भीरको ‘गम्भीर’ प्रश्न

बल टेम्परिङः अस्ट्रेलिया क्रिकेट बोर्डको नियतमाथि गम्भीरको ‘गम्भीर’ प्रश्न

एजेन्सी। बल टेम्परिङमा दोषी मान्दै अस्ट्रेलिया क्रिकेट बोर्डले कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि १ वर्षको प्रतिबन्ध लगाएपछि भारतीय क्रिकेटर गौतम गम्भीरले अक्ष्ट्रेलियाको बोर्डको नियतमाथि नै गम्भीर प्रश्न उठाएका छन् । गम्भीरल भनेका छन् ‘कहिँ क्रिकेट अस्ट्रेलियाले यी दुईलाई बोर्डसँग गरेको विद्रोहको सजाय त दिइरहेको छैन ?’

केही अगाडि अस्ट्रेलियाका खेलाडीहरुले पारिश्रमिकको विषयमा असन्तुष्टि जनाउँदै क्रिकेट बोर्डसँग विद्रोह गरेका थिए । कप्तान र उपकप्तानको नाताले विद्रोह गर्ने खेलाडीको नेतृत्व यी दुईले नै गरेका थिए । गम्भीरले अस्ट्रेलिया क्रिकेट बोर्डले यही कुराको बदला लिएको हुन सक्ने आशंका गरेका छन् । ‘क्रिकेटमा बेइमानी हुनु हुँदैन’ गम्भीरले ट्वीटरमा लेखेका छन् ‘तर यी क्रिकेट खेलाडीमाथि लगाइएको प्रतिबन्ध चाहिनेभन्दा धेरै कडा सजाय हो ।’

गम्भीरले अगाडि लेखेका छन् ‘इतिहास साक्षी छ । आजसम्म जसले पनि खेलाडीको पक्षमा आवाज उठाएका छन् प्रशासनले उनीहरुको खिल्ली उडाएको छ । सबैभन्दा ठूलो उदाहरण इयान चापेलको छ ।’ गम्भीरले मिडिया र अस्ट्रेलियाका नागरिकलाई यी दुईको परिवारर्ला लक्ष्य नबनाउन अनुरोध पनि गरेका छन् । गम्भीरले थपेका छन् ‘प्रतिबन्ध भन्दा पनि धोकेबाज कहलाउनु निकै ठूलो सजाय हुन्छ ।’

Leave a Reply