Monday, May 10, 2021
Home > समाचार > दुई वर्षदेखि खोरमा बन्धक रमिला भन्छिन मेरो कुरा न श्रीमानले सुन्छ न यो समाजले

दुई वर्षदेखि खोरमा बन्धक रमिला भन्छिन मेरो कुरा न श्रीमानले सुन्छ न यो समाजले

खोटाङ जिल्ला दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं ६ छितापोखरी बास्थला निबासी चक्रबहदुर तामाङको जन्तरे छोराको श्रीमती रमिला तामाङले वैवाहित सम्बन्ध गासेको ६,७ वर्षपछि पहिलाको भन्दा केही फरक क्रियाकलाप देखाउन थालेपछि उपचार गर्नुको सट्टा दुई बर्षदेखि बहुलाएको भनी उनका श्रीमान तथा वडा अध्यक्ष युवराज तामाङलगायत गाउँ समाजको रोहबरमा बन्धक बनाइराखेको छ ।

बन्दी जीवन बिताइरहेकी रमिला तामाङकाे प्रक्रिया हेर्दा बुझ्दा उनी त्यसरी बन्धक बनाउनुपर्ने कुनै कारण देखिदैन । किनकि उनी नजिक कोही मान्छे जादा स्पस्ट बोल्ने, को मान्छे हो, सबै छिमेकीहरु के हो भन्ने स्पस्ट चिन्ने गरेको छ ।यदि कोही मान्छे तामाङलाई थुनेको ठाउँ जाँदा उद्दारको लागि हरेक ब्यक्तिलाई आग्रह गरिरहन्छिन् । उनी भन्छिन् यो पहाडी इलाका चिसो मौसमको समय लगाउने कपडा छैन, समयमा खाना दिदैन दिशापिसाब एकै ठाउँ गर्नुपर्छ । कैयाै पटक मैले आग्रह अनुनय गर्दा पनि न त श्रीमान भनाउदाले सुन्छ कुनै समाज पक्षले सुन्छ ।

अाफ्नाे जिन्दगीमाथि ठूलो अन्याय गरेको दुखेसो पोख्ने गरेकी छन् । हरेक मान्छे हेर्न जाँदा उनको मुखबाट उद्दारको लागि भिख माग्छ । अनि रुदै गुनासो गर्छिन् मेरो सन्सारमा कोही भएन म बहुलाइनी हैन । मलार्इ त यो समाजले बहुलाईनी बनायो । पहिला पहिला यहि समाजले पटकपटक मानसिक यातना दिएको जानकारी गराउँछिन् उनी ।अझै उनी भन्छिन् यो अपराध यही वडाको ठुलाठालु तथा समाज भनाउदाको हो मेरो सम्बन्ध पटक पटक अर्को परपुरुष सँग रहेको भनी यो समाजले पटकपटक आफ्नो चरुित्र हत्या गरेको त्यसपछि श्रीमानलगायत समाजको यातनाले मेरो पहिलाभन्दा प्रवृत्ति फरक मात्र भएको हो ।

तर यो समाजले मलाई पागलनीको संज्ञा दिएर दुई बर्षदेखि बन्दी जीवन बनाएले उद्दारको लागि आग्रह गर्दै आफूलाई नरकीय जीवन बिताउन बिबश समाजलाई कारबाहीको माग गरेकी छन् ।

Leave a Reply