Monday, May 10, 2021
Home > समाचार > भारतीय सेनामा भर्ति भएर खुसियाली मनाउन पहिलो छुट्टी आएका बिक्रम र मदनको सडक दुर्घटनामा परि निधन

भारतीय सेनामा भर्ति भएर खुसियाली मनाउन पहिलो छुट्टी आएका बिक्रम र मदनको सडक दुर्घटनामा परि निधन

कोहलपुर, २ पुष । जिवनभर कमाएर एउटा राम्रो घर बनाउने हरेक नेपालीको चाह हुन्छ । त्यही चाह पुरा गर्न भारतीय सेनामा गएका सुर्खेतका दुई साला भेनाको त्यो सपना अधुरै रहेको छ । बाँकेको बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मुत्यु भएको छ ।मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका–१ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका– १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिनुभयो ।

सम्झनाचोकतर्फ जाँदै गरेको बालज्योति विद्यालयको बा१क ४४९५ नंको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु४३प ९५९९ नंको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुवै जनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको हो ।

उनीहरु भारतवाट केही दिनको छुट्टीमा घर आएका थिए । आफ्नो सानो सपना पुरा गर्न कोहलपुर नजिकै जग्गा पास गरेर आफन्तको घरमा जाँदै गर्दा स्कूलबसमा ठोक्किएर दुई जनाकै ज्यान गयो । जसमध्ये एक जना भारतीय सेनामा गएपछि पहिलो पटक छुट्टीमा आएका थिए भने अर्का दुई चार पटक आइसकेको थिए ।

दुर्घटनापछि अहिले कोहलपुर स्थित शिक्षण अस्पतालमा आफन्तको भिड लागेको छ । मृतकका अन्य आफन्तहरु सुर्खेतवाट आउँदै गरेको प्रहरीले जनाएको छ । दुवै शवलाई पोष्टमार्टमका लागि नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताल लैजाने तयारी गरिएको छ ।

Leave a Reply