Wednesday, May 12, 2021
Home > समाचार > पुर्व राजा ज्ञानेन्द्रलाई ग्वाम्मै छातीमा अँगालो हालेर रुने यी महिला को हुन् ? (भिडियोसहित)

पुर्व राजा ज्ञानेन्द्रलाई ग्वाम्मै छातीमा अँगालो हालेर रुने यी महिला को हुन् ? (भिडियोसहित)

पोखरा । पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आउँदा धेरै सर्मथकहरुले भेट्न त के देख्न समेत पाएनन् । पूर्व निर्धारित समय भन्दा केही ढिला आएका उनी पोखरा बिमानस्थलमा पत्रकार, हिन्दु धर्म सर्मथक, राजसंस्थाको पक्षमा वकालत गर्नेहरु, राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरु साथै सर्वसाधरणहरुको ठूलो घुइँचो थियो ।

बिशिष्ट कक्षबाट निस्केपछि बलियाहरु पूर्वराजाको नजिक गए। कमजोर र साना ज्यान भएकाहरु पछाडी धकलिए ।

पत्रकारको पंक्ति ठूलो मात्रामा उपस्थित थियो तर क्यामराका साथमा उनीहरुले ज्ञानेन्द्र शाहको भिडियो र तस्बिर राम्रोसंग लिन पाएनन् ।

ज्ञानेन्द्र शाहलाई अभिनन्दन गर्न, फूल दिन, माला लगाउन लाईनमा बसेकाहरु माला चुडाएर फूल मात्र माथिबाट बर्साएका थिए । भीडमा ज्यान जोखिम बनाएर घुस्नेहरुले मात्र शाहलाई देख्न पाए अरु उपस्थितहरु भने टाढाबाट तछाड्मछाड् गर्दै बहिरिएको भिड हेरेर चित्त बुझाए ।

विशाल भिड्मा पुर्वराजाको अंगालोमा बाँधिएर रुने यी महिलालाई देखेर सबै छक्क परेका थिए। को हुन यी महिला ?

भिडियो हेर्नुहोस:

Leave a Reply