Tuesday, June 15, 2021
Home > समाचार > गरिबको छोरो रवि ओडलाई नेपाल आइडल बनाऔं भन्दै प्रवाशबाट नेपाली युवाको यस्तो अपिल

गरिबको छोरो रवि ओडलाई नेपाल आइडल बनाऔं भन्दै प्रवाशबाट नेपाली युवाको यस्तो अपिल

मलेसिया। सर्वप्रथम नेपाल आइडलका प्रतियोगी रवि ओडलाई नेपाल आइडलमा जिताउनका लागि देश विदेशबाट रवि ओड जिताऔं अभियानमा निरन्तर रूपमा भोट गरेर साथ समर्थन र हौसला प्रदान गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नमस्कार !

रवि ओडको पारिवारिक पृष्ठभुमि हेर्दा एकदमै गरिव र बिपन्न परीवारको झुपडीमा जन्म लिएका एक महान प्रतिभाशाली व्यक्ति हुनुहुन्छ ! आफु गरिब र आर्थिक अभावका वावाजुत पनि कठिनपुर्ण जिवन संघर्ष गरी नेपाल आइड्लको सिजन टु को टप ४ मा पुग्न सफल भएकोमा मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

रवि ओडको एउटा भिडियोले मेरा आखाका आशु थामिएनन्, म अत्यन्तै भावुक भए, जुन दिन त्यो भिडियो हेरें मेरो मनभित्र अनेक प्रश्न उठ्न थाल्यो त्यही भएर जानी नजानी भए पनि केही लेख्न मन लाग्यो । रवि ओड एक हिलोमा फुलेको कमलको फुल हो । गरिबको झुपडीबाट उदायको सुनौलो चम्किलो तारा हो । त्यसैले सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुले पनि उहाँको पृष्ठभुमि हेरेर उहाँले गाएको गितको मूल्याकंन गरी उहाँलाइ भोट गरी नेपाल आइडलमा जिताऔं, रवि ओडको जित नै तपाईं हाम्रो जित हुनेछ, तपाईं हाम्रो जित नै नेपाल राष्ट्रको जित हुनेछ ।

सायद मलाई लाग्छ उहाँको भिडियो हेर्दा कस्को मन रुन्न होला र गरिवी एउटा यस्तो चिज हो, जस्ले गर्दा हरेक क्षेत्रमा अगाडि बढनको लागि पहाड बनेर उभिन्छ ! त्यहाँबाट पनि विभिन्न चुनौतीको सामना गर्दै रवि ओड यहाँ सम्म पुग्न सफल हुनु भएको छ । उहाँलाई जसरी पनि भोट गरेर तपाईं हामीले नेपाल आइडलमा जिताउनु पर्छ । किन कि एक उत्त्पिडित वर्ग समुदायको व्यक्तिलाई जिताउनु नै असल धर्मको पहिचान हुनु हो । सभ्य समाज निर्माणको अभ्यास पनि हो । धनीको लागि यो संसार मालामाल छ तर गरिबको लागि यो संसार बेकार छ । सामाजिक रूपमा पिछडिएका वर्ग समुदायको उथान गर्नु नै समाजको मुख्य कर्तव्य हो ।

साथीहरू हामीले पुजिपतिका महल तिर नजर लाउने होइन हामीले गरिबको झुपडी तिर नजर लाउनुपर्छ किन कि उसले कुनै बेला पनि हाम्रो सहयोगको कदर गर्नेछ । उसको लागि यो गुण अविस्मरणीय हुनेछ अनि मात्रै त्यति बेला तपाईं हामीहरु महान व्यक्ति हुनेछौं । तपाईं हाम्रै सहयोग समर्थनले रवि ओडले यो स्थान सम्म पुग्न सफल हुनु भएको छ । अब थप जिम्मेवारी पनि तपाई हाम्रो काधमा आएको छ । सबै जनाले भोट गरी रवि ओडलाइ नेपाल आइडलमा जिताऔ एउटा गरिबको छोरालाई बिश्वमा चिनाऔ !

शुभच्नितक- पदम बहादुर चनारा (विशाल) ,भेरी नगरपालिका १२ जाजरकोट ,हाल:- मलेसिया क्वालालम्पुरबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!