Sunday, June 20, 2021
Home > समाचार > खप्तडबाट अायो यस्तो खुशीकाे खबर, गर्भवती रामकलाकाे यसरी गरियो उद्दार

खप्तडबाट अायो यस्तो खुशीकाे खबर, गर्भवती रामकलाकाे यसरी गरियो उद्दार

बाजुरा- खप्तड छेडेदह गाउँपालिका– १ काँडाबाट सुत्केरीको आज हेलिकप्टरमा उद्धार गरिएको छ । काँडा स्वास्थ्य चौकीमा चार दिनदेखि सुत्केरी हुन नसकेकी १९ वर्षीया रामकला नेपालीलाई हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज पु¥याइएको स्वास्थ्य चौकीका इञ्चार्ज रामचन्द्र यादवले जानकारी दिनुभयो ।

साङ्केतिकका रूपमा मात्रै प्रयोग गरिएकाे तस्विर

“समयमै अन्यत्र लैजान भनेका थियौँ, आर्थिक अवस्था कमजोर भएका कारण लैजान सकेनन्,” उहाँले भन्नुभयो । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाश शाहको समन्वयमा नेपालीलाई सिम्रिक एयरको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!