Friday, May 14, 2021
Home > समाचार > आँसु झार्दै रविले भने, ‘बाबाले मोबाइल चलाउन नजानेनि भोट माग्नु हुन्छ, कान्छी आमाले आमा बिर्साउछिन (भिडियो)

आँसु झार्दै रविले भने, ‘बाबाले मोबाइल चलाउन नजानेनि भोट माग्नु हुन्छ, कान्छी आमाले आमा बिर्साउछिन (भिडियो)

काठमाडौं, नेपाल आइडलको ‘टप ४’ मा पुगेपछि समर्थकसँग भेटघाट गर्न कैलाली पुगेका थिए रवि ओड ।समर्थकसँगको भेटघाटपछि उनी आफ्नो घर पुग्दा भने आँसु थाम्न सकेन्न । घर के भन्नू । एउटा झुप्रो ।हातमा टिकाको थाली बोकेर उनकी आमा उभिएकी थिइन् ।रवि निकै खुसी देखिन्थे तर बोल्दै जाँदा उनी भक्कानिए । उनले सम्झिए बाबालाई । भारतमा चौकिदारी गर्दै आएका उनका बुवाले पनि सबैलाई भोटका अपिल गरिरहेका छन् ।

उनले सम्झिए बाबालाई । भारतमा चौकिदारी गर्दै आएका उनका बुवाले पनि सबैलाई भोटका अपिल गरिरहेका छन् ।‘बाबाको प्रेणाा र हौसलाले’ बोल्न सकेनन् रवि । आँसु आयो, भक्कानिए उनी । ‘बाबालाई मोबाइल चलाउन आउँदैन ।

भोट कसरी हाल्ने थाह छैन तर पनि सबैलाई भोट हाल्न भन्दैछन् ।’ रवि निकै भावुक भए । बढि बोल्न सकेनन् ।सामान्य परिवारमा जन्मेका रवि । अहिले देश विदेशबाट पाएको साथ र समर्थनले एकातिर खुसि थिए भने अर्कोतिर भावुक ।

Leave a Reply