Friday, May 14, 2021
Home > समाचार > ‘राजा आउ देश बचाउ’ भन्दै हजारौं युवा सडकमा,नारायणहिटी पस्न खोज्दा झडप (भिडियो)

‘राजा आउ देश बचाउ’ भन्दै हजारौं युवा सडकमा,नारायणहिटी पस्न खोज्दा झडप (भिडियो)

काठमाडौं । महेन्द्र स्मृती दिवसको अवसरमा शाही युवा शक्ति नेपालले राजधानीमा बृहत प्रदर्शन गरेको छ । राजधानीको गोंगवुबाट सुरु भएको मोटरसाइकल र्याली सामाखुसि,लैनचौर,नारायणहिटी हुँदै दरवारमार्ग स्थित महेन्द्र शालीकमा पुगेर कोण सभामा परिणत भएको थियो।

र्यालीमा १ हजार भन्दा बढि मोटरसाइकलको सहभागीता रहेको थियो।र्यालीमा सहभागीहरुले गणतन्त्र बिरुद्धमात्र नभएर प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्ड बिरुद्ध पनि चर्को नारावाजी गरेका थिए।

कोण सभालाई सम्बोधन गर्दै शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले अब संघिय गणतन्त्रलाई जरैदेखि उखेलेर फाल्ने बताए।उनले केपी ओली र प्रचण्डले देशलाई राजाले भन्दा पनि बढि निरंकुशता लादेको भन्दै अब जनताको बलले राजसंस्था फर्काउने र राजा ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउने बताए।

पुष १ गतेको कार्यक्रम सांकेतिक मात्रै भएको बताउँदै आगामी दिनमा अझ सशक्त कार्यक्रम गर्ने युवा शक्तिले जनाएको छ । कार्यक्रमको पुरा जानकारी भिडियोमा हेर्न सक्नुहुनेछ।

Leave a Reply