Wednesday, May 12, 2021
Home > समाचार > नेपाल आइडलका चार फाइनलिस्ट प्रतिस्पर्धी बस्ने आवासमा पुग्दा जे देखियो -(भिडियो)

नेपाल आइडलका चार फाइनलिस्ट प्रतिस्पर्धी बस्ने आवासमा पुग्दा जे देखियो -(भिडियो)

काठमाडौं। अहिले फेसबुक, टुइटरलगायत विभिन्न सामाजिक सञ्जालका भित्ता नेपाल आइडल सिजन–२ ले रंगिएका छन् । आइडलमा बाँकी रहेका चार प्रतिस्पर्धी र आइडलको लोकप्रियाताका कारण सामाजिक सञ्जालका भित्ता रंगिएका हुन् ।

आइडल घोषणा हुने दिन नजिकिदैं जाँदा फाइनलका ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बरा, अस्मिता अधिकारी र सुमित पाठकको चर्चा शिखरमा छ ।

उनीहरुका समर्थक आफ्नो प्रतिस्पर्धीलाई जिताउन व्यापक प्रचारप्रसारमा व्यस्त छन् । समर्थकले आफ्ना प्रतिस्पर्धीलाई अत्यधिक भोट दिलाउन सामाजिक सञ्जालको उपयोगदेखि विभिन्न कार्यक्रमको आयोजनासमेत गरेका छन् ।

नेपाल आइडलका चार फाइनलिस्ट बस्ने आवासमा पुग्दा जे देखियो, भिडियो हेर्नुहोस:

अधिकांश समर्थक आफूलाई मन पराएको प्रतिस्पर्धीलाई जिताउन अहोरात्र खटिरहेका छन् । उनीहरु अत्यधिक भोट प्रदान गर्नका लागि फोन गरेर हुन्छ या म्यासेज गरेर, सबैलाई आग्रह गरिरहेका छन् ।

समर्थक समयसमयमा फेसबुक स्टाटस पनि पोस्ट गरिरहेका छन् । आफ्ना प्रतिस्पर्धीको विशेषता वर्णन गर्दै स्टाटस हाल्ने होडबाजी पनि सामाजिक सञ्जालमा व्यापक छ ।

चारजना प्रतिस्प्रर्धीकै फेसबुकमा ‘ग्रुप’ बनाइएका छन् । अधिकांश ‘ग्रुप’ समर्थकले नै बनाएका हुन् । ती ‘ग्रुपहरु’ को माध्यमबाट समर्थकले आफ्ना प्रतिस्पर्धीलाई व्यापक सपोर्ट गरिरहेका छन् ।

विभिन्न नाम दिएर बनाएका ग्रुपमा राखिएका सामग्री अत्यधिक सेयर र पढिएका पनि छन् । यो पटक आफूले मन पराएका प्रतिस्पर्धीलाई भोट गर्न एक हप्तासम्म भोटिङ लाइन’ खुला गरिएको छ ।

साथै, फाइनलमा पुगेका चार प्रतिस्पर्धीले पनि आफ्नो फेसबुकमार्फत समयसमयमा भोट गर्न आग्रह गरिरहेका छन् । उनीहरुले आग्रह गरेको सन्देशलाई पालना गर्दै समर्थकले पनि राम्रो साथ दिइरहेका छन् ।

रवि, सुमित, अस्मिता र बिक्रमभन्दा पनि सामाजिक सञ्जालमा समर्थकबीच कडा प्रतिस्पर्धा भइरहेको छ । अब हेरौं, कसको प्रतिस्पर्धी दोस्रो नेपाल आइडल बन्छ ।

Leave a Reply