Friday, May 14, 2021
Home > समाचार > भर्खरै कुवेतबाट आयो सबै नेपालीलाई रुवाउने खबर – हेर्नुहोस भिडियो सहित

भर्खरै कुवेतबाट आयो सबै नेपालीलाई रुवाउने खबर – हेर्नुहोस भिडियो सहित

काठमाडौं, १ पुष । छोराछोरीको भविष्य, आफ्नो सुन्दर संसार सजाउन भन्दै श्रीमान र साना छोराछोरीको छोडेर कुबेत पुगेकी करिब २८ वर्षीया कविता परियार अहिले आफै बेसहारा भएकी छन् । ऋण खोजेर कुबेत पुगेकी उनलाई काम गरेको कम्पनीले तीन महिनासम्म पनि तलब नदिएपछि उनी बेखर्ची भइन् । त्यस माथि उनलाई त्यहाँ थाहा नभएको रोग लाग्यो । नाक र मुखवाट ह्वालह्वाल्ती रगत आउँछ । एकै छिनमा राम्रै भएकी कबिता केही बेरमै रगताम्य भएर इन्तु न चिन्तु हुन्छिन् ।

६ महिना कुबेत बसेर पनि एक पैसा हातमा नभएपछि उनी अरु संग सहयोग लिएर काठमाडौं आइपुगीन् । तर उनी कोहलपुर स्थित घर भने जान सक्दीनन् । एक त उनी खाली हात नेपाल फर्केकी छन् । दोस्रो उनका श्रीमानले अर्काे विवाह गरेका छन् । उनका दुई छोराछोरी पनि श्रीमानको कब्जामा छन् । श्रीमानले कबितालाई घर आउनु पर्दैन भनेर धम्की दिएका कारण उनी घर जान सकेकी छैनन् ।

अस्वस्थ्य शरिर र मनभरी पीडा बोकेर काठमाडौंमा भौतारिएकी कबिताले एक संचारकर्मी भेटिन् । उनले आफ्नो सबै पीडा ति संचारकर्मीलाई बताइन् । अहिले उनको नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । कुवेतवाट काठमाडौं आएको ८ दिन सम्म सडकमै भौतारिकएकी उनको उपचार सुरु त भएको छ । तर उनीसंग न कोही आफन्त छन् न त उनीसंग उपचार गराउने पैसा । त्यसैले उनले यो भिडियो हेर्नेहरुसंग सहयोगको अपिल गरेकी छन् ।

Leave a Reply