Tuesday, May 18, 2021
Home > समाचार > आफुसँगै आगोमा जलेर बितेकी आमालाई पाँच बर्षका बालकले मिडियाबाटै बोलाए, छोराले आमा बोलाउँदा बाबु मुर्छा परे…(हेर्नुहोस भिडियो)

आफुसँगै आगोमा जलेर बितेकी आमालाई पाँच बर्षका बालकले मिडियाबाटै बोलाए, छोराले आमा बोलाउँदा बाबु मुर्छा परे…(हेर्नुहोस भिडियो)

काठमाण्डौ – पाँच बर्षीय छोरो हिमालको चिन्ताले सताउने गरेको जय बहादुर बिकले बताएका छन् । मजदुरीको क्रममा भारत गएका बेलामा भएको आगलागीमा परी आफ्नो श्रीमती गुमाएका उनले यस्तो बताएका हुन् । जय बहादुरको पाँच बर्षीय छोरा हिमाल बिक हुन् । उनी पनि आमासँगै आगलागीमा परेका थिए । आगलागीमा परी उनको आमाको निधन भएपनि हिमाल भने बाँच्न सफल भएका छन् ।

अहिले उनको उपचार भइरहेको छ । एन.एच.इ.डि.एफ नामक गैर सरकारी सस्थाको आश्रयमा बसेर जय बहादुरले छोराको उपचार गराईरहेका छन् । उनले आफ्नो श्रीमती बितेपनि छोराको अनुहार हेरेर चित्त बुझाएको बताएका छन् ।

हिमालले बेलाबेलामा ममीलाई फोन लगाइदिने आग्रह गर्ने गरेका छन् । छोराले बेलाबेलामा ममीलाई सम्झदा जय बहादुर मुर्छा पर्ने गरेको बताउछन् । उनी छोरालाई पढाएर राम्रै मान्छे बनाउने सोचमा छन् ।

आफ्नो प्राणभन्दा प्यारी श्रीमती गुमाएका जय बहादुरले भएको सबै सम्पत्ति पनि छोराको उपचारमा सकाएका छन् । ‘अझै हिमालको उपचार बाँकी छ’ मसँग भएको सम्पत्ती सकियो, ‘दाताको सहयोगको आसमा बसेको छु ।’

छोराको उपचारपछि छोरो बिद्यालय जाने भएकाले आफुले मजदुरी गरेर भएपनि छोरो पढाउनेदेखि लिएर जिविकोपार्जन गर्ने सम्मको आम्दानी गर्न सक्ने उनको आत्मविश्वास छ । तर अहिले उपचारत छोरो कुरेर बस्दा उनको दिन जाने गरेको छ । आफुसँगै आगोमा जलेर बितेकी आमालाई पाँच बर्षका बालकले मिडियाबाटै बोलाए, छोराले आमा बोलाउँदा बाबु मुर्छा परे…हेर्नुहोस भिडियो…

Leave a Reply