Friday, May 14, 2021
Home > समाचार > त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक घट्यो यस्तो घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक घट्यो यस्तो घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ ।मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गायब पारिएका हुन् । स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो ।

नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमका अनुसार गायब पारिएका १० थान चेक करिब ७ करोड २४ लाख रपैयाँ बराबरका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक यस्तो घटना भएको हो।

Leave a Reply