Monday, May 10, 2021
Home > भिडियो > उपराष्ट्रपतिलाई न बुलेटप्रुफ गाडी, न सडक नै जाम हिँडेर पुगे कार्यक्रममा

उपराष्ट्रपतिलाई न बुलेटप्रुफ गाडी, न सडक नै जाम हिँडेर पुगे कार्यक्रममा

काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ कार्यालयबाट हिँडेरै एक कार्यक्रममा उपस्थित भएका छन । लायन्स क्लबको कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति पुन शुक्रबार कार्यालयबाट हिँडेरै जमलस्थित होटल एलो प्यागोडा पुगेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

उपराष्ट्रपति हिड्दा न सडक जाम गरिएको थियो न सुरुक्षा तामझाम सर्वसाधारण जस्तै सडकको पेटीमा उपराष्ट्रपति हिडेको देख्दा सबैले हेर्दै थिए ।

राष्ट्रपतिको सवारी र नयाँ गाडी खरिदको विवादले तातेको नेपाली जनमानसलाई उपराष्ट्रपतिको यस्तो कदमले केहि मलहम त लगाउला तर जनताको अपेक्षा भने भिभिआइपिको सवारीका नाममा हुने अनावश्यक जाम, सास्तीको अन्त्य होस भन्ने छ ।

र यो पनि पढ्नुहोस
‘बरु म नेपालमै मर्छु तर विदेश उपचार गर्न जान्न’
मृगौलाका रोगि उनले आफ्नो व्यक्तिगत स्वास्थ्यलाई समेत राष्ट्रको अस्मितासँग जोडेर आफ्नो स्वास्थ्य अवस्था चिन्ताजनक हुँदापनि विदेश नगई नेपालमै उपचार गराएका थिए । पासाङको उक्त अडान सम्झँदै पूर्व राखेप सदस्य सचिव तथा चलचित्रकर्मी युवराज लामा सामाजिक सञ्जालमा लेखेका छन्,“पासाङ जी अस्पताल भर्ना भएको खबर सुनें, तत्कालै अस्पताल पुगें ।

समस्या किड्नीको र अलि गम्भिर भएकाले सबै साथीहरु विदेश उपचारका लागि जान अनुरोध गरिरहेका थिए । म र सिद्धार्थले भेट्न पालो मिल्यो, आखाँभरी आँसु गर्दै भन्नुभयो, “दाई अझै देशको लागि लड्नुछ । प्रचण्डलाई इमान्दारिताको साथ दिने धेरै कम छन । बरु म नेपालमै मर्छु तर विदेश उपचार गर्न जान्न भन्नुभएको हिजो जस्तो लाग्छ ।”

उपचारमा संलग्न डाक्टर, आफ्नै पार्टी माओवादी र सरकारी तर्फबाट थप उपचारका लागि बाहिर जान आग्रह आइरहेका बेला आफूलाई भने स्वदेशमै उपचार गर्ने चाहाना रहेको जनाउदै उनले प्रेस विज्ञप्ति नै जारी गरेका थिए ।

Leave a Reply