Friday, May 27, 2022
Home > जीवनशैली > ६ बर्षदेखि खोरमा थुनिएकि युवती…

६ बर्षदेखि खोरमा थुनिएकि युवती…

फिदिम । मानसिक समस्या देखिएपछि उपचार नपाउँदा खोरमा थुनिएकी फाल्गुनन्द गउँपालिका ४ चिलिङदिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङको उद्धार गरिएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसक्दा परिवारका सदस्यले ६ वर्षदेखि खोरमै थुनेर राखेको समाचार कान्तिपुर दैनिकले प्रकाशन गरेपछि राष्ट्रिय महिला आयोगले उनको उद्धार गरेको हो । पुस २० गते समाचार प्रकाशन भएलगत्तै नेम्वाङको उपचार र पुनः स्थापनाका लागि आयोगले तत्परता देखाएको थियो ।

सोही अनुसार जिल्ला प्रशासन कार्यालय पाँचथर र फाल्गुनन्द गउँपालिकाले नेम्वाङलाई उद्धार गरेर उपचारका लागि काठमाडौं पठाएका हुन् । समाचार प्रकाशन भएलगत्तै महिला आयोगले जिल्ला प्रशासन कार्यालय र फाल्गुनन्द गउँपालिकालाई पत्र लेखी उद्धार गरेर काठमाडौं पठाउन समन्वय गर्ने जिम्मेवारी दिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

नेम्वाङको हेरचाह गर्ने आमा पृथ्वीमायाको पनि स्वास्थ अवस्था कमजोर भएको समाचार पत्रिकामा प्रकाशित भएपछि आयोगको ध्यानाकर्षण गरेको आयोगकी सदस्य तथा १ नम्बर प्रदेश संयोजक कृष्णकुमारी खतिवडाले जानकारी दिइन । नेम्वाङको उपचारमा लाग्ने सबै खर्च व्यहोर्दै निको भएपछि परिवारमा पुनः स्थापना गर्नेसम्मको जिम्मेवारी आयोगले नै लिएको उनको भनाइ छ ।

उनलाई पहिलो तीन महिना कोसिस नेपालमा राखेर उपचार गरिने र पछि आवश्यकता अनुसार अन्य अस्पतालमा रेफर गर्ने चाँजोपाँजो मिलाइएको पनि खतिवडाले बताइन् । उनको उद्धारको क्रममा प्रजिअ न्यौपानेसहित फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधिहरू पीडित युवतीको घरमै पुगेका थिए । नेम्वाङलाई काठमाडौंसम्म लैजान लाग्ने यातायात सहितका सबैखाले खर्च फाल्गुनन्द गाउँपालिकाले व्यहोरेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!