Thursday, June 17, 2021
Home > समाचार > नुवाकोट दुर्घटना : भिरमा लासहरु छरपस्ट : हामफालेर ज्यान जोगाए यी युवाले … रुहाउने तस्वीर हरु हेर्नुहोस

नुवाकोट दुर्घटना : भिरमा लासहरु छरपस्ट : हामफालेर ज्यान जोगाए यी युवाले … रुहाउने तस्वीर हरु हेर्नुहोस

२८ मंसिर, नुवाकाेट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ को घ्याङफेदीमा आज साँझ बा३ ख ३९१३ नम्बरकाे मिनिट्रक दुर्घटनामा मृत्यु भएका १७ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले घटनास्थलमा १७ जनाको शव संकलन गरिएको र अन्यको खोजी भैरहेको दैनिकीलार्इ जानकारी दिए ।

गाडी व्याक गर्नेक्रममा भीरबाट झण्डै एक हजारमिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाको तामाङ युवा संघका संयोजक लालबाबु तामाङले बताएका छन । उनले दुर्घटनामा ३० जना भन्दा बढीको मृत्यु भएकोयसअघि नै बताएका थिए । अफ्ठेरो भीरमा दुर्घटना भएको र भीरमा शव छरपस्ट भएकाले शव संकलनमा समस्या भएको प्रहरीले जनाएको छ । गाडीले थिचेका केहीको शव निकाल्न सकिएको छैन ।

दुर्घटनामा ११ जनालार्इ घाइते अवस्थामा उद्धार गरिएको स्थानीय महेन्द्र तामाङले दैनिकीलार्इ जानकारी दिए । उनले घाइते अवस्थामा उद्धार गरिएका दुर्इ जनाको भीरबाट सडकमा उकाल्ने क्रममै मृत्यु भएको र अन्यको अवस्था पनि चिन्ताजनक रहेको बताए । गम्भीर अवस्थाका ७ जनालार्इ उपचारका लागि काठमाडाैँतर्फ पठाइएको उनले जानकारी दिए ।

दुप्चेश्वर गाउँपालिकाको वडा नं ७ शिखरवेशीमा तामाङ समुदायको घ्यावा खान आएका स्थानियहरु घ्यावा खाएर फर्कदा गाउँपालिकाको सावकको वडा नं ४ को घ्याङडाँडाँबाट खसेको थियो । गाडीमा ४१ जना यात्रु सवार रहेकोमा अन्यको पहिचान खुल्न सकेको छैन् । स्थानीयले रातको समयमा भीरमा शव छरिएकाले भेटाउन मुस्किल भएको बताएका छन । दुर्घटनामा एक जनाले भने हामफालेर ज्यान बचाएका छन । घटनाको बस्तृत विवरण अाउन कम्तिमा दुर्इ घण्टा लाग्ने प्रहरीले जनाएको छ । तस्बीरहरू नेपाली कांग्रेसका नेता रमेश महतको फेसबुक वालबाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!